अध्यक्षमा रावत बिजयी

सुर्खेत, २ पुष ।
सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत बिजयी भएका छन । प्रकाश उप्रेतीलाई १७ मतको अन्तरले पछिपादै रावत बिजयी भएका हुन । रावतले ८ सय १० र उप्रेतीले ७ सय ९३ मत ल्याएका छन ।


बरिष्ठ उपाध्यक्षमा उप्रेती समुहका हर्षविक्रम खड्का, बाणिज्य उपाध्यक्षमा रावत समुहका दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा उपे्रती समुहका गणेश बस्नेत र महिला उपाध्यक्षमा रावत समुहकी कृष्णाकुमार थापा बिजयी भएकी छन । यस्तै महासचिवमा रावत समुहका लक्ष्मण कँडेल, सचिवमा रावत समुहकै रामप्रसाद पाण्डे र कोषाध्यक्षमा पनि रावत समुह भद्र भण्डारी बिजयी भएका छन ।
यस्तै सदस्यहरुमा रावत समुहबाट जनकबहादुर थापा, रमेश बराल, रामप्रसाद जैसी, प्रेमप्रसाद पाण्डे, दीपक खड्का, कपिलमणि सुवेदी र भीमप्रसाद पौडेल बिजयी भएका छन । भने उप्रेती समुहबाट प्रेमबहादुर रावत, लक्ष्मी कार्की, टिकाकुमारी कँडेल, रामबहादुर गौतम, सिंहराज बम, तेजप्रसाद तिवारी र हरिकुमार श्रेष्ठले चुनाव जितेका छन ।
कसले कति मय ल्याए ?

 

प्रकाशित मितिः २ पुष २०७५, सोमबार १९:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *