बद्री पन्त
जाजरकोट १२, पुस
वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेतले जनताले विकासको प्रतिफल पाउन कम्तिीमा ५ बर्ष कुर्नु पर्ने बताउनु भएको छ ।
तेस्रो जाजरकोट महोत्सव उद्घाटन जाजरकोट पुग्नु भएका मन्त्री बस्नेतले यस्तो कुरा बताउनु भएको हो ।
भारत र चिन जोड्ने भेरी करीडोर लगायत सडक निर्माण र यस जिल्लाका सात वटै पालिकामा विद्युतीकरणको कामलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो ।
जिल्लाको विकासका लागि सबै पक्षले जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भयो । सबैले काम गरौं सरकारले यो गरेन त्यो गरेन भनेर असुन्तुष्टी नपोखौ मन्त्री बस्नेतले भन्नु भयो ।
त्यस्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश गरीव नभएको बताउनु भयो ।
कर्णाली प्राकृतिक स्रोतसाधन, पर्यटन, खनिज, जडीवुटी लगायतको धनी प्रदेश भएको मुख्य मन्त्री शाहीको भनाइ छ ।
कर्णाली प्रदेशलाई गरीबीको विल्ला लगाउने दिन समाप्त भएको मुख्य मन्त्री शाहीले बताउनु भयो ।
संस्कृति, पर्यटन, कृषि उपज, खनिज, जडीवुटी लगायतको प्रबद्र्धन तथा प्रचार गरी जिल्लालाई आत्मनिर्भर बनाउने उदेश्यले महोत्सव आयोजना गरीएको जाजरकोट महोत्सव ५ दिन सम्म संचालन हुने छ ।
सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गनमा आयोजना भएको महोत्सव कृषि पर्यटन तथा व्यापार मेलामा १ लाख दर्शकको सहभागिता हुने अनुमान गरीएको छ ।
महोत्सवमा स्थानीय तथा घरेलु उत्पादन र बहुमुल्य पत्थरको प्रर्दशनका साथै सांस्कृतिक तथा पौराणिक झा“की, स्थानीय कला, संस्कृति झल्काउने नाचगान लगायतको प्रस्तुती गरीने छ ।
मेला महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने छन् ।