राईनाष्टार सहकारी १७ लाख २९ हजार आम्दानी गर्न सफल

सुर्खेत, २२ पुष ।
सुर्खेतको वीरेन्द्रनगर ६ मा रहेको राईनाष्टार वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा १७ लाख २९ हजार रुपैया आम्दानी गरेको छ ।


शनिवार भएको आठौ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष कुमार पन्तले त्यसमध्ये ८ लाख ५७ हजार २ सय ७२ खर्च भएको र ८ लाख ७१ हजार ६ सय ८७ रुपैया मुनाफा भएको जानकारी दिए । उनले शुद्ध वचत अघिल्लो आर्थिक वर्षको भन्दा तुलनामा ६ सय ९४ दशमल ६० प्रतिशतले बृद्धि भएको पनि बताए ।


२३ लाख ७६ हजार रुपैया शेयर पुँजी रहेको सहकारीले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ९३ लाख ९ हजार ८ सय ५१ रुपैयाको कारोवारो गरेको छ । यो अवधिमा ७४ लाख ५३ हजार ऋण लगानी गरेको संस्थाले ६३ लाख ४१ हजार ३ सय ८० रुपैया ऋण असुली गरेको छ । यो अवधिमा व्याज र हर्जना गरी १५ लाख ९१ हजार ८ सय १२ रुपैया असुली गरेको सहकारीले अझै ७९ लाख एक हजार ३ सय ६५ रुपैया ऋण उठाउन बाकी रहेको बताएको छ । सहकारीमा एक सय १२ महिला र एक सय २८ पुरुष गरी २ सय ४० जना शेयर सदस्य छन ।


साधारण सभाको अवसरमा सहकारीले ६० वर्ष पुगेका २१ जना जेष्ठ सदस्य, नियमित बचतकर्तालगायतलाई सम्मान पनि गरेको छ । यस्तै साधारण सभाबाट संचालक समितिका पदावधी चार वर्षको गर्ने, कर्मचारीको तलव बृद्धि गर्ने, सफ्टवयर राख्ने, एसइई परिक्षामा सवैभन्दा उत्कृष्ट ंअंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।


लेखा संयोजक किरण पन्तले आफ्नो प्रतिवेदन प्रस्तुत गदै सहकारीले कुल करोवारो, आम्दानी, खर्च र मुनाफाको विवरण स्पस्ट र पारदर्शी रुपमा राखेको पाइएको बताए ।


संस्थाका अध्यक्ष मिलन पन्तले शेयर सदस्यको इमानदारीता र लगनशिलताले गर्दा स्थापना भएको छोटो समयमै सहकारीले उल्लेखनिय फड्को मार्न सफल भएको बताए । उनले भने यही गतिमा अघि बढाउन सकियो भने राईनाष्टार सुर्खेतकै नमुना सहकारी बन्ने विश्वास व्यक्त गरे ।


संस्थाका सचिव भरत पन्तले संचालन गरेको सभा नेपाल वंगलादेश बैक सुर्खेत शाखाका प्रवन्धक रतनकला रावलको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभामा भगवती, मौदगल्य र धनञ्जय वहुमुखी सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधीलगायतले सहकारीको सफलता र प्रगतिको कामना गरेका थिए ।

प्रकाशित मितिः २२ पुष २०७५, आईतवार ०५:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *