डोल्पामा सेतक चिनीले राजस्वमा बृद्धि

सुकमाया थापा
डोल्पा , १४ फाल्गुन ।
सेतकचिनी खिराङलो को राजस्वमा यो वर्ष बृद्धि भएको छ । शे फोक्शुण्डो राष्टिय निकुञ्ज सुलीगार्ड डोल्पा ले यो बर्ष १३ लाख ३५ हजार केजि परीमाणमा मध्यवर्ती क्षेत्र आवधि भित्र का वनहरुबाट सेतकचिनी खिराङलो संकलन पुजिबाट २ करोड २५ हजार राजस्व संकलन गरेको छ । भने अन्ने सामुदायिक वनहरुबाट ८ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।
भुगोलको आधारमा ठुलो डोल्पा जिल्लामा प्राकृतीक सम्पदाले भरीपुर्ण रहेको छ बहु सङ्गख्यामा बिभिन्न जात जातीका जडिबुटिहरुको खानी डोल्पा जिल्लामा यार्चागुम्बा,भुत्ले,कटुकी,जटामासि पाँच औँले लगाएतका बिभिन्न प्रकारका जडिबुटिहरु पाइने गर्दछ ।
जेष्ठ र असारको महिनामा बहुमुल्य जडिबुटि यार्चागुम्बा बाट मात्रै धेरै राजस्व संकलन गर्ने शे फोक्शुण्डो राष्टिय निकुञ्जले यो बर्षमा आवधि वनबाट २ करोड २५ हजार र निजी सामुदायिक वनहरुबाट ८ लाख ५५ हजार राजस्व संकलन गरेको शे फोक्शुण्डो राष्टिय निकुञ्जले जानकारी दिएको छ ।
राष्यि निकुञ्जको संरक्षण बनस्पितीमा नपर्ने बहुबर्षे झाडि भएको जैविक विभिधतामा नपर्ने यो वनस्पती सेतक चिनी खिराङलो पछिल्लो समयमा निजि सामुदायिक बन र मध्यवर्ती क्षत्र अन्तरर्गतका बनहरुमा अत्याधिक मात्रामा उत्खनन् भइरहेको छ । गत वर्षहरुमा भन्दा यो वर्षमा धेरै व्यापारीहरु बढेकाले राजस्व को परीमाण बढि भएको शे फोक्शुण्डो राष्टिय निकुञ्ज का निमित्त सुचना अधिकृत छत्रबहादुर खडकाले बताउनु भयो । झारपातको रुपमा गननै नहुने यो सेतक चिनी खिराङलो पछिलो २ वर्षयतामा अत्याधिक रुपमा विक्रि वितरण भएको निमित्त सुचना अधिकृत खडकाको भनाई रहेको छ ।
यार्चागुम्बा बाट मात्र आर्थिक आय आर्जन गर्ने मा वृद्धि गर्ने डोल्पाली स्थानीय बासिन्दाहरुले सेतक चिनीबाट आर्थीक वृद्धि गरेका छन् । दैनिक जिवीको पार्जन गर्न आवश्यक आधारभुत आवश्यकताहरुको परीपुर्ती गर्नका साथै आफना छोरा छोरीहरुलाइ पढाइ खर्च टारी घर घडेरी र जग्गाहरु किनेको स्थानीयहरुले बताएका छन् ।
१९ औँ सताब्दिका दिनहरु भन्दा आजको २१ औँ सताब्दिका दिनहरु सुखमय भइ फर्किएको बुढा पाखा स्थानीयहरुले बताउने गरेका छन् थाप्लोमा भारी बोकि दिन रातको छाक टार्न गारो हुने ति दुखदायि दिनहरु काट्दै आएका पुराना वृद्धहरु १। २ महिनामैनै विभीन्न सेवा सुविधाहरु पाउन पाउदा निकै खसी भएको बताउने गर्दछन ।

प्रकाशित मितिः १४ फाल्गुन २०७५, मंगलवार १२:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *