सञ्चयकर्तालाई औषधी उपचार

जाजरकोट २५, फागुन – कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई औषधी उपचार योजना अघि सारेको छ । कोषले गत माघदेखि उक्त योजना अघि सारेको हो ।
कोषले सञ्चयकर्तालाई औषधी उपचार, घातक रोग विमा, सामाजिक सुरक्षा सुविधा अन्र्तगत काजक्रिाया अनुदान, दुर्घटना क्षेतिपुर्ति, स्वास्थ्य विमा, सुत्केरी स्याहार खर्च लगायत सुविधा उपलब्ध गराउने भएको छ । कोषले औषधी उपचार खर्च १ लाख, घातक रोग विमा १० लाख, काजक्रिया अनुदान ४० हजार, दुर्घटना विमा २ लाख र सुत्केरी तथा शिशु स्याहार वाफत ७ हजार ५ सय उपलब्ध गराउने गरेको कोहलपुर शाखा प्रमुख महेन्द्र राज शाक्यले बताए ।
नियमित रुपमा सञ्चय कोष जम्मा गर्ने सञ्चयकर्तालाई उक्त सुविधा उपलब्ध गराउने गरेको शाक्यले बताए । कोषले सामाजिक सुरक्षा र सुविधा प्रदान गर्ने अवधारणा अन्र्तगत सञ्चयकर्ता अधिकतम हित र थप सेवा सुविधा उपलब्ध गराउने उदेश्य अनुरुप यो योजना आएको उनले बताए । शनिवार खलंगामा सरोकारवालासंग एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर शाक्यले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रममा सञ्चयकोषले विभिन्न वैंक, जलविद्युत आयोजना लगायत क्षेत्रमा लगानी गरेको उनले बताए । सञ्चयकर्ताले कोषमा नियमित जम्मा हुने रकम र कोषबाट पाउने सुविधाका सम्बन्धमा जानकारी लिनु पर्नेमा उनले जोड दिएका छन् । सञ्चयकर्ता लगायत सरोकारवालाई कोषको गतिविधी तथा योजनाबारे जानकारी गराउने उदेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको शाक्यले वताए ।
सञ्चयकोषले घर सापटी, विशेष सापटी, शैक्षिक सापटी, सरल कर्जा लगायत सापटीका कार्यक्रम पनि संचालन गर्दै आएको उनको भनाई छ । उनले सञ्चयकर्ताले कोषबाट के कस्ता सेवा पाउन सक्छन् र उक्त सेवा कसरी लिन सकिन्छ भन्नेवारे सरोकारवालाई जानकारी गराएका थिए । सञ्चय कोषका सम्पुर्ण गतिविधी र सेवा सुविधा बारे घरमै बसेर जानकारी लिन सकिने प्रमुख शाक्यले बताए । कार्यक्रममा सहभागीहरुले सञ्चयकोषबाट पाउने सेवा सुविधा तथा गतिविधिी सम्बन्धमा खासै जानकारी नभएको वताएका थिए । प्रत्येक सञ्चयकर्तालाई केवाइसी अपडेट् गरेर कोषबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी लिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मितिः २५ फाल्गुन २०७५, शनिबार १९:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *