नलसिंहगाडको पहुँच मार्ग निर्माण तिव्र

बद्री पन्त
जाजरकोट १०, चैत ।
जाजरकोटमा बन्न लागेको ४ सय १० मेघावाट नलसिंहगाड जलविद्युत आयोजनाको बाधस्थल जोड्ने ११ किलोमिटर पहु“च मार्ग सडक निर्माणको काम तिव्र गतिले अगाडि बढेको छ । पहँुच मार्ग निर्माणको काम तिव्र गतीमा अगाडि बढेपछि स्थानीयबासी हर्षित भएका छन ।
नलगाड नगरपालिका लहँ ६, कालीमाटी देखि बारेकोट गाउँपालिका ८, सक्ला लैखम अधेरी खोला सडक निर्माण अगाडि बढेको हो । ११ किलोमीटर दुरीको पहु“च मार्गमा रहेको कडा चट्टान बलास्टिङ्गको माध्यमले निर्माण कार्य अगाडि बढेको छ । अहिलेसम्म ८ किलोमिटर सडक निर्माण भएको छ । खारा भीरमा कडा चट्टान कटिङ्गको काम तिव्र गतिमा अगाडि बढेको निर्माण व्यवसायी रत्न खड्काले बताउनु भयो ।


नलसिंहगाड जलविद्युत आयोजनाको बा“ध स्थलसम्मको पहु“च मार्गको निर्माणको जिम्मा लामा÷खड्का कृष्ण÷गाल्भा जे.भी कन्ट्रक्सन प्रा लि काठमाडौले लिएको छ । ४४ करोड लागतको उक्त निर्माण कार्य अबको १ बर्षमा सम्पन्न हुनेछ । आयोजनाको पहु“च मार्ग निर्माणमा बलास्टिङ्गको जिम्मा भने नेपाली सेनाले लिएको छ ।
पहँच मार्ग निर्माण भएपछि बारेकोट गाउँपालिकाका २० हजार बासिन्दालाई सहज हुने छ । सक्ला, नायकबाडा, रोकायगाउ, रामीडाडा र लह“ गाविसका स्थानीयले सदरमुकाम खलंगा, दल्ली, कालीमाठी लगाएत बजार तर्फ आवतजावत गर्ने एक मात्र उक्त बाटो हो । सडक निर्माण भएपछि दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज हुने स्थानीयले बताएका छन । अहिले कालिमाटी देखि खाराभीर सम्मको साढे ६ किलोमिटर सडक निर्माण भएर जिप सन्चालनमा आएका छन । खाराभीरबाट लैखम भीरसम्मको साढे २ किलोमिटर सडक निर्माणको काम भैइ रहेको निर्माण व्यवसायीले जनाएका छन ।
लैखमभीर देखि अँधेरेखोला सम्मको २ किलोमिटर सडक गत बर्ष निर्माण सम्पन्न भएको हो । पहँच मार्ग सडक निर्माण भएपछि नलगाड आयोजनाको कामले गती लिने बताइएको छ । सडक सन्जाल नजोडिएको बारेकोट गाउँपालिका सडक सन्जालमा जोडिनुका साथै दुर्गम गाउँहरुमा दैनिक उपभोग्य मालसामान ढुवानी गर्न सहज सुविधा पुग्ने बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । निर्माण व्यवसायीले ६७ प्रतिशत निर्माणको काम पुरा भएको जनाएको छ ।

प्रकाशित मितिः १० चैत्र २०७५, आईतवार १५:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *