संयुक्त समन्वय समिति गठन

सुर्खेत, २८ चैत्र ।
सुर्खेतमा रहेका विभिन्न दलप्रति आस्थावन टे;ड युनियनहरुको संयुक्त समन्वय समिति गठन गरिएको छ । विहीबार वीरेन्द्रनगरमा भएको नेपाल टे;ड युनियन कांग्रेस, जिफन्ट र अन्टुकको संयुक्त बैठकबाट सामूहिक सौदावाजी र अन्य सामूहिक हीतका सवालमा एकतावद्ध पहल गर्ने उद्देश्यले संयुक्त समन्वय समिति गठन गरिएको हो ।
टे;ड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीको संयोजकत्वमा रहेको समितिमा ललित घर्ति, डीआर पौडेल,पार्वती पुन, खेमराज शर्मा, गणेश कार्की, चन्द्राकुमारी घर्ति, रत्नलाल न्यौपाने र तेजप्रसाद जीसी रहेका छन ।समितिले सामूहिक हकहीत र साझा समस्या समाधानमा सम्बन्धित पक्षहरुबीच समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः २८ चैत्र २०७५, बिहीबार २१:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *