सुर्खेत, ८ जेठ ।
वर्षौदेखि बाँके र कैलालीलगायतका जिल्लाबाट खाना पकाउने एलपी ग्याँस आयात हुँदै आएको सुर्खेतमा अबदेखि स्थानीय ग्याँस उपलब्ध हुने भएको छ । सुर्खेतमा वर्षा ग्याँस उद्योग सञ्चालन गरी कर्णाली प्रदेशभरी विक्रीवितरण गर्ने गरी भेरीगंगा नगरपालिका वडा नं. १० मा प्लान्टको शिलान्यास गरिएको छ ।
बुधबार शिलान्यास गरिएको वर्षा ग्याँस उद्योगको निर्माणको कार्य २०७७ वैशाख मसान्तभित्र सके लगत्तै सिलिण्डरमा ग्याँस भरेर बजारमा पठाउने तयारी भैरहेको छ । सुर्खेतका प्रतिष्ठित व्यापारी टेकबहादुर भण्डारी, बखतबहादुर भण्डारी, जयबहादुर खड्का र वीरबहादुर रावतको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आउन लागेको हो ।
सबै काम निर्धारित समयमै पूरा भए २०७७ वैशाख १५ गतेदेखि कर्णालीवासीका चुलो चुलोमा कर्णालीमै उत्पादित ग्यासँका सिलिण्डर हुने सञ्चालकहरुको दाबी छ ।हाल भेरीगंगा नगरपालिकाको वडा नं. १० मा ३० वर्षका लागि ४ विगाहा जग्गा लिजमा लिएर उद्योग सञ्चालन गर्न लागिएको सञ्चालक जयबहादुर खड्काले बताए ।
१२ हजार मेटि;क टन क्षमताको उद्योग अन्य उद्योगको तुलनामा आधुनिक हुने दाबी गर्दै उहाँले भन्नुभयो, प्रविधि र औजार उपकरण नयाँ र ग्याँस अटोफिलिंग प्रविधिको हुनेछ । कर्णालीका १० जिल्लामा सेवा दिने बताउँदै खड्काले ग्याँस आपूर्तिका लागि ३ वटा आप्mनै ग्याँस बुलेट रहने जानकारी दिनुभयो ।
सुर्खेतमा ग्याँस उद्योग नहुँदा अहिलेसम्मपनि सुर्खेतलगायत कर्णाली प्रदेश पूरै दांग, बाँके र कैलालीमा रहेका ग्याँस उद्योगहरुमा निर्भर रहँदै आएका छन ।