गुणस्तरीय काममा जोड दिन – उपाध्यक्ष शाहीको निर्देशन

बद्री पन्त
जाजरकोट १७, जेठ
बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले गुणस्तरीय काममा जोड दिन उपभोक्ता समितिलाई निर्देशन दिनु भएको छ । निर्माणाधीन विकास योजनाको गुणस्तरीयता, प्रभावकारीता तथा जनगुनासो सुन्न बारेकोटका निर्माणाधीन विभिन्न विकास योजनाहरुको स्थलगत अनुगमनको क्रममा यस्तो कुरा बताउनु भएको हो । उपाध्यक्ष शाहीको संयोजकत्वमा गठित अनुगमन समितिले सातादिन लगाएर निर्माणाधीन योजनाहरुको अनुगमन गरेको थियोे ।


अनुगमनका क्रममा खानेपानी आयोजना, सडक, विद्यालय भवन, वडा कार्यालय भवन, विद्युत लगाएत योजनाको अनुगमन गरेको थियो । योजनाको काम सन्तोसजनक रहेको पाइयो उपाध्यक्ष शाहीले बताउनु भयो । कामको जिम्मेवारी लिएका उपभोक्ता समितिले योजना दिगो टिक्ने गरी काम गर्न पनि शाहीले निर्देशन दिनु भयो । गुणस्तरीय काम नभए योजनाको रकम भुक्तानी हुदैन शाहीले बताउनु भयो । निर्माण उपभोक्ता समितिलाई समयमै काम सक्न र गुणस्तरीय काममा जोड दिन उपाध्यक्ष शाहीको निर्देशन छ । उहाँले गुणस्तरहीन काम नगर्ने र समयमै काम सम्पन्न नगर्ने निर्माण उपभोक्तालाई गाउँपालिकाले रकम भुक्तानी नदिने र रोक्ने बताउनु भयो । गाउँपालिकाले गुणस्तर तथा समयावधिमै काम सक्न र राम्रो काम गर्न उपभोक्ता समितिलाई निर्देशन जारी गरेको छ । पालिकाको सबै वडामा समान विकास गर्ने गरी योजना निर्माणको काम थालेको छ ।
नेपाल पत्रकार महाँसघका कोषाध्यक्ष दिपबहादुर घर्तीले बारेकोट गाउँपालिकामा निर्माण भइ रहेका विकास योजनाहरुको निर्माण कार्य सन्तोषजनक रहेको बताउनु भयो । घर्तीले केहि स्थानमा मात्र ढिलासुस्ती र निर्माणमा सुधार गर्नु पर्ने देखिएको छ, भन्नु भयो ।


त्यसैगरी अनुगमन समितिका सदस्य तथा ७ का वडा अध्यक्ष बसन्त शाहीले जनगुनासो समाधान गर्न अनुगमन तिव्र पारीएको बताउनु भयो । निर्माण तथा मर्मतमा रकम विनीयोजन गरीएको छ । विगतको जस्तो काम नगरै रकम भुक्तानी दिइदैन् शाहीले बताउनु भयो । एउटा योजनाको तीन पटकसम्म अनुगमन गरीन्छ, शाहीको भनाइ छ । योजना निर्माण कार्य अन्तिम चरण पुगेको शाहीको भनाइ छ । अनुगमन टोलीले सडक, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य, सिचाई, पशु, कृषि लगाएतका क्षेत्रको अनुगमन गरेको थियो ।
अनुगमनमा उपाध्यक्ष शाहीको संयोजकत्वमा गठित अनुगमन समितिमा वडा ७ का अध्यक्ष बसन्त शाही, ९ का ससीराम गौतम, ६ का तीले महतारा, ४ का सिर्जना बस्नेत, ३ का मनबहादुर शाही, १ का द्धारीका बुढा, २ का कर्णे कामी, ८ का लालभक्त सिंह, नेपाली काँगे्रसका नेता भीमबहादुर सिंह, नेकपा नेता बिष्णु पुन, राप्रपा नेपालका नेता महोन सिंह, नेपाल पत्रकार महाँसघका कोषाध्यक्ष दिपबहादुर घर्ती, बद्री पन्त, बिनबहादुर शाह, दिपक महतारा लगाएत टोलीले सातादिन लगाएर बारेकोटको नौं वटै वडाका बस्तीबस्ती पुगेर विकास आयोजनाहरुको अनुगमन गरेको थियो ।

प्रकाशित मितिः १७ जेष्ठ २०७६, शुक्रबार १४:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *