जाजरकोट जोनबाट किसानलाई प्रोत्साहन

बीबी सिंह
जाजरकोट १०, असार ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले यहा“का किसानलाई उपलब्धीमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेको छ । परियोजनाले कुशे गाउपालिका, भेरी नगरपालिका वडा नं २ र नलगाड नगरपािलिका वडा नं ३ सुन्तोला कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको हो ।
परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ जना सुन्ताला किसानलाई उक्त अनुदान अन्र्तगत ७ लाख वितरण गरेको छ । ५० वटा भन्दा धेरै सुन्तोलाका विरुवा लगाएका किसानलाई ५ सय देखि ९ हजार सम्म प्रात्साहन स्वरुप रकम वितरण गरेको जोन प्रमुख बरिष्ठ कृषि अधिकृृत टंंक प्रसाद रिजालले वताए । उत्पादनका आधारमा प्रोत्साहन रकम वितरण गरेको पहिलो हो । वितरण प्रोत्साहन अनुदान कार्यक्रमबाट जोन संचालक समितिलाई ३ लाख पनि अनुदान दिएको प्रमुख रिजालले वताए ।
त्यस्तै परियोजनाले सुन्तोला किसानलाई २० लाख मुल्यका कृषि औजार पनि वितरण गरेको छ । पावर टिलर ट्याक्टर, खाल्डा खन्ने मेशिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, भर्याङ्ग, आरी, कैंची, जुसर मेशिन, तौल मेशिन, स्प्रिङ्ककलर लगायत कृषि औजार वितरण गरेको उनले वताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कृषि औजार तथा प्रात्साहन रकम वितरण कार्यक्रमका सहभागी ।

उक्त कृषि औजार सुन्तोला किसानलाई विरुवा लगाउदा देखि फल निकाल्दासम्म प्रयोगमा आउने उनले वताए । कष्टम हाइरिङ्ग सेन्टर र पोष्ट हारभेष्ट सेन्टर कार्यक्रमको रकमबाट किसानलाई कृषि औजार वितरण गरेको उनले वताए । ‘सुन्तोला बगैंचा व्यवस्थापन, सिंचाई, गोडमेल, कटीङ्ग, टिप्न, खनजोत, खाल्डा खन्न, भण्डारण लगायत कार्य गर्न औजार निकै उपयोगी हुनेछन्,’ उनले भने । कृषि औजार ५० प्रतिशत अनुदानमा वितरण गरीएको छ ।
कुशे गाउपालिका, भेरी नगरपालिका वडा नं २ र नलगाड नगरपािलिका वडा नं ३ लाई समेटेर दुई बर्ष अघि सुन्तोला जोन स्थापना भएको थियो । कुशेको दम्दाला, ढीमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवा लगायत ठाउमा सुन्तलाजातलाई विशिष्टकृत बालीको आधार मानेर जोन स्थापना भएको हो । दम्दाला, ढीमे, अर्छानी, तिमिले, टट्टा लगायत स्थानलाई सुन्तलाजात फलफुलको पकेट क्ष्ँेत्र मानिएको छ । आत्मनिर्भर ब्यबशायी कृषिको विकास, युवा जनशक्तिको बढ्दो विदेश पलायन रोक्न, खाद्य पोषण सुरुक्षा सुनिश्चित गर्न, कृषि क्षत्रेको आधुनिकीकरण गर्न, कृषि उपजको विशिष्टकृत क्षेत्र निर्माण गर्न लगायत उदेश्यले परियोजना संचालनमा आएको रिजालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुशे ५, दम्दालामा वितरण गरेको खाल्डा खन्ने मेशिनको प्रयोग गर्न सिकाउदै एक 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जोन परियोजनाले यहाको ५ सय हेक्टरमा लगाएको सुन्तोला जात विरुवालाई कार्य क्षेत्रको रुपमा लिएर कार्यक्रम गर्दै आएको छ । जोन कार्यक्रमले सुन्तलाजातका फलफुलको व्यवशायी तथा गुणस्तरीय उत्पादन, कृषकलाई आत्मनिर्भर बन्न र बजारीकणकरणमा जोड दिंदै आएको उनले बताए ।
परियोजनाले जोन क्षेत्रका किसानका लागि कृषि उत्पादन सामाग्री वितरण, साना सिंचाई पूर्वाधार निर्माण, प्रँविधीक सेवा, प्रयोगशाला सेवा, कृषि बजार केन्द्र्र स्थापना, प्रशोधन तथा संकलन केन्द्र स्थापना, विरुवा वितरण उत्पादन क्षेत्रको विकास, बजारीकरण लगायत कार्यक्रम संचालनमा ल्याएको उनको भनाई छ । कुशे गाउपालिका ५, दम्दाला र ढिमे गाउमा ब्यवशासियक सुन्तोला खेती हुने गरेको छ । सुन्तोला खेती यहा“का किसानका लागि मुख्य आम्दानीको स्रोत बनेको छ ।

प्रकाशित मितिः २३ असार २०७६, सोमबार १२:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *