आरनले धानेको जीवन

बद्री पन्त
जाजरकोट २७, असार ।
देशमा अनेकौं राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक चेतनाको स्तर माथि उक्सिएको बताइन्छ । तर जाजरकोट जिल्लामा भने कुरिती र कुसंस्कारको अवशेष भनेर टिप्पणी हुने बालीघरे प्रथा अझै कायमै छ । अर्थात झण्डै २ सय परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन । उनिहरुले यसबापत उनिहरु खलो उठाउछन अर्थात बाली बुझेर जीवन चलाउ“छन ।
अनेकाखाले राजनीतिक परिवर्तनपछि नेपालको राज्य व्यवस्थासमेत परिवर्तन भयो । तर सामाजिक चेतनाको स्तरमा त्यस तहको परिवर्तन नहु“दा अझै पनि सामाजिक कुशस्कार र कुरितीका अवशेष कायमै छन । जनस्तरमा चेतनाको स्तर बढेपनि आर्थिक अभावले पछौटे अवस्थमा रहेको समुदायलाई दबाइराख्ने प्रवित्ति अझै हट्न सकेको छैन । क्रम विक्रय मुद्रामा सुरु भएको शताब्दी बित्दा पनि जाजरकोटका २ सय बढी परिवार भने अझै पनि बालीमै आफ्नो श्रम बेच्न बाध्य छन ।


जाजरकोटको नलगाड, बारकोट लगायतका गाउ“ तथा नगर क्षेत्रका २ सय भन्दा बढी दलीत परिवार अहिले पनि आरनको भरमा जीवन गुजारा गर्न बाध्य छन । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा बृद्धबृद्धाले समेत श्रम बापत बाली मात्रै पाउ“दा आरन पेशा गतिलो आम्दानी दिन सकेको छैन । यसैकारण यसकाप्रति बितृष्णा जाग्दो छ । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहु“दा बृद्धबस्थामा समेत यो पेसा अगाल्नु परेको बारेकोट २, का कालीबहादुर नेपालीले बताउनु भयो ।
नया“ पुस्ता यो पेसा अंगाल्न इच्छुक नभएपनि यही पेसाबाट उनिहरुले १०÷१२ जनासम्मको पारिवारीक गर्जाे टारेका छन । पेसा व्यवसाय गर्ने अरु सीप पनि नभएपछि उनिहरु यसैमा आश्रित छन । आरनमा भाडाबर्तन बनाएबापत उनिहरुले खलो उठाछन । अर्थात बाली पाउछन । गाउ“भरका भाडा बर्तन बनाए प्रति परिवार उनिहरुले ५ पाथी अन्न पाउ“दै आएका छन ।


पछिल्लो समय आरनका लागि आवश्यक पर्ने कोइराला समेत पाउन छाडेपछि उनिहरु अझ बढी समस्यामा पर्न थालेका छन । बनजंगल मासिदै गएपछि पैंयु, मछाइनो, सल्लो लगायतका रुख लोप हुदै गएकाले यो पेसा नै संकटमा परेको उनिहरु बताउछन । कोइरालाको बिकल्पमा आधुनीक आरन व्यवस्थापन गरिदिए आरनमा धानिएको यो समुदायको पेशा जोगिने दलीत अगुवा पृर्थीबहादुर नेपालीको भनाइ छ ।
आरनमा किसानलाई खेतीपाती गर्न र घरब्यवहार चलाउन आवश्यक पर्ने हसिया“, कुटो, कोदालो, फरुवा, बन्चरो लगायत फलामका उपकरण बन्दै आएका छन । तर त्यसबापत श्रमको मूल्य नै नउठ्ने गरी अन्न मात्र दिइनु शोषण हो । यसर्थ उनिहरुको श्रमको मूल्य नगदमै दिइनु जरुरी छ । अर्कातर्फ यो पेसा गरेरै कम्तिमा उनिहरुको जीवनयापन हुने अवस्था बनाउन सरोकारवाला निकायले ध्यान दिन जरुरी भएको ढिमेका दलबहादुर थापाले बताउनु भयो ।

प्रकाशित मितिः २८ असार २०७६, शनिबार ०८:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *