ताँगाचौर -नदैडाव पर्यटन सडक निर्माण

बद्री पन्त
जाजरकोट १, श्रवन ।
जाजरकोटको कुशे गाउँपालिका ४, ताँगाचौर स्थित अर्छानी देखि जुम्ला सिमाना नदैडाव जोड्ने पर्यटन सडक निर्माण कार्य अगाडि बढेको छ ।
२० किलोमिटर लम्बाईको यो सडकको ३ हजार ४ सय मिटर सडक निर्माण भएको हो । ६ मिटर चौडाइको यो सडक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५० लाख अनुदान र स्थानीयको १० लाख श्रमदानबाट सडक निर्माण भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक हमालले बताउनु भयो ।
यो सडक निर्माण भएपछि कुशे र जुम्लाका स्थानीयबासीलाई सहज हुनुको साथै पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीय तप्त हमालले बताउनु भएको छ । आगामी बर्ष थप वजेट व्यवस्था गरेर बाँकी रहेको काम अगाडि बढाउनु पर्ने हमालको भनाइ छ ।

प्रकाशित मितिः १ श्रावण २०७६, बुधबार १०:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *