अनुकुलनबाट जीवनस्तर बदलिदै

बद्री पन्त
जाजरकोट १, साउन ।
कुशे गाउँपालिका ७, जस्याउतकी ५८ बर्षिया देवि सिंहको आधा जीवन खानेपानीको गाग्री बोकेरै वित्यो । उनलाई घरको अन्य कामकाज भन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो ।
सोही ठाउँकी ४५ बर्षिया ललिता शाहीको पनि पिडा कम छैन् । पानीकै लागि ठुलो संघर्ष गर्नु परेको ललिताले सुनाईन । घर नजिक पानी नहुदा डेढ घण्टा ठाढा गाउँदेखि तल जस्याउत मुहान जानुपर्ने बाध्यता थियो । देवि र ललिता मात्र होइन गाउँका ६५ घरका महिलाको पिडा उस्तै थियो ।
एक गाग्री पानी लिन डेढ घण्टा पैदल हिड्ेर जस्याउत जानु पर्ने, पालोकुरेर बस्नु वाध्यता हुन्थ्यो । अव त्यो विगतको पिडा अन्त्य भएको छ । पानीको लागि धेरै दुख भोगेको बताउदै देविले विगतको पिडा कहिलै नपरोस भनीनन् । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुसीले गदगद छन् । लामो समय देखि शुद्ध खानेपानी समस्या भोगेका गाउँका महिला पानी पुगेपछि सुखका दिन आएको बताउ छन ।


जस्याउतबासीले अब देखि शुद्ध खानेपानीको सुविधा पाएका छन् । ६५ घरका ३ सय ५० जनसंख्या खानेपानी सुविधाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएको पहाडि साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाइ जाजरकोटका जिल्ला संयोजक खिलानाथ दाहालले बताउनु भयो ।
स्थानीयले शुद्ध सपmा पानीखाना पाउनुको साथै महिलाहरुलाई सुविधा भएको भएको उहाँले बताउनु भयो । खानेपानी सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत भएको छ । पानी वोकेर धेरै दुख पाएका स्थानीयलाई राम्रो सुविधा पुगेको छ, दाहालले भन्नु भयो । खानेपानी दिर्घकालसम्म सन्चालन गर्न उपभोक्ता आफै सचेत बन्नु पर्ने दाहालको भनाई छ ।
गाउँमा पहिले खानेपानीको समस्या थियो अव समस्या समाधान भएको छ, स्थानीय लक्ष्मी सिंहले बताउनु भयो । गाउँमा चौविसै घण्टा पानी आएपछि स्थानीय खुसी भएका छन । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी प्रयोग र अन्य सरसफाई गर्न निकै समस्या भोग्नु परेको र अहिले भने दैनिकी सहज बन्दै गएको सिंहको भनाई छ ।
बर्षौ देखि कुवा, खोला र खोल्साको दुषित पानी खादै आएका स्थानीय अहिले शुद्ध पानी खाना पाउदा हर्षित भएका ७ का वडा अध्यक्ष रामबहादुर शाहीले बताउनु भयो । शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पिडित स्थानीयले अबदेखि मुक्ती पाउने छन् शाहीले भन्नु भयो । पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्न समयको बचत भएको छ । खानेपानी आएपछि अहिले निकै सजिलो भएको शाहीको भनाई छ ।
खानेपानी योजना निर्माण गर्न पहाडि साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाइ जाजरकोटको ११ लाख ३८ हजार आर्थिक लागत र स्थानीयको जन श्रमदानबाट खानेपानी निर्माण भएको आयोजनाका सुचना अधिकारी बिनोद कुमार शाहीले बताउनु भयो ।


उक्त खानेपानीबाट गाउँको पाएक पर्ने स्थानमा ४ वटा धारा राखिएको छ । दिनरात धारामा पानी आएपछि स्थानीय पनि दंग परेका छन् । स्थानीले सपmा पानी खाना पाएका छन् । बषौ देखि शुद्ध खानेपानीको सुविधाबाट बन्चित गाउँले अहिले धारामा पानी भएपनि खुसि भएका सुचना अधिकारी शाहीको भनाइ छ ।
३ किलोमिटर टाढाको किटेनी मुहानबाट पानी ल्याइएको हो । विकट बस्तीको समस्या उक्त आयोजनाबाट समाधान गरेको हो । यस अघि खानेपानी योजना निर्माण भएपनि दृर्घरुपमा सन्चालन हुन सकेको थिएन । लामो सय देखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासी २४ सैं घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि निकै हर्षित भएका छन् ।
यसैगरी अनुकुलन आयोजनाले आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाको भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिका क्षेत्र भित्रमा खानेपानी मुहान संरक्षण तथा खानेपानी योजना निर्माण २० वटाबाट ९ सय घरपरिवारले लाभ पाएका छन् ।
सिचाई ११ वटाबाट ७ सय १५ घरपरिवार, पहिरो रोकथाम तथा नदी नियन्त्रण गर्न तटबन्ध निर्माण १४ वटाबाट ५ सय १८ घरपरिवार लाभान्वित भएका छन । त्यसैगरी बृक्षारोपन १, नर्सरी २, पक्की सिचाई पोखरी ५ वटा गरी ५३ वटा पूर्वाधार योजना निर्माण गरेको संयोजक दाहालले बताउनु भयो ।
आयोजनाले भौतीक पुर्वाधारका क्षेत्रमा ३ करोड ९० लाख ६४ हजार ६ सय ९६ रुपैंया र नाफा मुलक क्षेत्रमा २ करोड ७६ लाख ६९ हजार ९ सय ९९ रुपैंया रकम खर्च भएको दाहालले जानकारी दिनु भयो ।
आयोजना सन्चालित क्षेत्रका स्थानीयले विस्तारै परिवर्तनको अनुभुती गर्न थालेको बताइएको छ । आयोजनाले तरकारीखेती, बाख्रापान व्यवसाय लगाएत क्षेत्रमा पनि लगानी गरेर सिमान्तकृत तथा विपन्न समुदायको जीवन स्तरमा सुधार ल्याइ उनीहरुलाई आत्मानिर्भ बनाउँने मुख्य लक्ष्य रहेको छ ।

प्रकाशित मितिः १ श्रावण २०७६, बुधबार २३:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *