गाउलेले बनाए कुवा

बीबी सिंह
जाजरकोट ४, साउन ।
भेरी नगरपालिका १, रिम्ना तल्लोपुल बजार क्षेत्रका स्थानीयले निजी खर्चमा कुवा निर्माण गरेर पिउने पानीको सुविधा मिलाएका छन् । भेरी नदीको किनारामा रहेका तल्लोपुलका बासिन्दाले यस अघि शुद्ध पिउने पानीका लागि १ घण्टा टाढाको मुलमा धाउनु पर्ने वाध्यता थियो ।
भेरी नदीको पानी दुषित तथा धमिलो हुने र १ घण्टा टाढाको मुलबाट वोकेर पिउने पानीको जुगाड गर्नुपर्ने समस्यालाई सल्टाउन उनीहरुले कुवा निर्माण गरेका हुन् । तल्लो पुलका स्थानीयले श्रमदान तथा निजी खर्चमा भेरी नदी किनारमा उक्त कुवा निर्माण गरेपछि शुद्ध खानेपानी पिउन पाएका छन् ।
कुवा निर्माण गरेपछि मोटरबाट पानी तानेर ३३ घरपरिवारलाई शुद्ध पानी पिउन सहज भएको स्थानीय नैनकली रानाले वताइन् । खानेपानीका लागि पटक पटक भेरी नगरपालिका लगायत निकायसंग माग गरेपनि कसैले नसुनेको उनले वताइन् । विद्युत नभए पानी तान्न समस्या हुने उनले वताइन् । पिउने पानी निकै दुःख भएपछि कसैको भर नपरेर निजी खर्चमा कुवा निर्माण गरेको उनले वताइन् । विगतमा भेरी नदी धमिलो तथा दुषित पानी पिउनु पनैृ वाध्यता टरेको उनको भनाई छ ।

गाउले सबै मिलेर १५÷१५ दिन श्रमदान र २÷२ हजार नगद उठाएर उक्त कुवा निर्माण गरेको उनको भनाई छ । डोजरको सहायताले १० मीटर गहिरो कुवा खनेको उनले वताइन् । ‘कुवा निर्माणका लागि कुनैपनि सरकारी निकायले सहयोग गरेको छैन,’ उनले भनीन् । कुवाको खाल्डो खन्न डोजर खर्च, वाल निर्माण, २ सय मीटर पाइप, तारजाली, सिमेण्ट, मोटर लगायत गरी ३ लाख जती खर्च भएको वडा अध्यक्ष दीपक रानाले वताए ।
वडामा बजेट नहुदा कुवा निर्माण सहयोग गर्न नसकिएको अध्यक्ष रानाको भनाई छ । नदी किनारमा कुवा निर्माण गरेर मोटरको सहायताले २ सय मीटर दुरीको गाउसम्म पानी तान्दा स्थानीय बासिन्दा मात्र हैन, विद्यालय, प्रहरी चौकी, होटल ब्यवशायी लगायतलाई सुविधा भएको अध्यक्ष राना वताउछन् ।

प्रकाशित मितिः ४ श्रावण २०७६, शनिबार १६:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *