विरुवाबाट मनग्य आम्दानी

बद्री पन्त
जाजरकोट १०, साउन ।
जाजरकोट कुशे गाउँपालिका- ५, दम्दालागाउँका युवा उद्यमी शिब मल्लले यसबर्ष नर्सरीबाट ८ लाख आम्दानी गर्नु भएको छ । पाँच बर्षअघि स्थापना गरेको प्रबिन हिउँदे तथा बर्षे फलफुल नर्सरी उद्योगबाट यसपाली उहाँले ७१ हजार फलफुलका विरुवा बेचेर मनग्य आम्दानी गरेका गर्नु भएको हो ।
नलगाड नगरपालिका ४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले ३२ हजार विरुवा वेचेर ५ लाख आम्दानी गर्नु भएको छ । ६ वर्ष अघि उहाँले रावल फलफुल नर्सरी उद्योग सञ्चालन गरेर विरुवा उत्पादन गर्दै आउनु भएको छ ।
मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जना भन्दा बढी युवाहरु नर्सरीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न युवाहरुले गाँउमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउँनु भयो ।


सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापाड पुगे । कालापाडको कमाइले घर व्यवहार चलाउन मुस्किल थियो, मल्लले भन्नुभयो, रोजगारीको खोजीमा भौतारिनु भन्दा आफैंले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले अहिले राम्रै आम्दानी भैइरहेको छ ।
गाउँमै पनि थोरै लगानी राम्रो आम्दानी गर्न सकिन्छ ज्ञान केन्द्रका प्रमुख रोकायले भने, नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई युवालाई प्रेरणा दिन्छ ।
नर्सरी सुरुवात गर्दा ४० हजार लगानी थिए रावलले भने, नर्सरीले मेरो जीवनमा ठुलो परिवर्तन ल्याएको छ । नर्सरीमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा छन ।
बिरुवा अनुसारको मूल्य कायम गरेको छ । १५ रुपैयाँदेखि एक सयसम्म बिरुवाको मूल्य पर्छ । गाउँमै नर्सरी भएकोले गाउँ तथा नगरबासीलाई बिरुवा किन्न सहज भएको छ ।

प्रकाशित मितिः १० श्रावण २०७६, शुक्रबार २०:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *