सुर्खेत, १२ असोज ।
सन् नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले विमावापतको मृत्यु दावी रकम भुक्तानी गरेको छ । शनिवार एक कार्यक्रमको अयोजना गरी डोल्पाको ठूलोभेरी नगरपालिका–११ का तुलाराम कार्कीलाई मृत्यु दावी रकम भुक्तानी गरिएको हो ।
उनकी श्रीमति बुदी कार्कीको जेठ १६ गते दुर्घटनामा मृत्यु भएको थियो । उनको २०७५ मंसिर २८ गते गरिएको विमाको आधारमा रकम भुक्तानी गरिएको हो ।
विमा लेख नम्बर ६०१००००१६२७ को जारी पोलिसिमा २ लाख विमांक, दुई लाख दुर्घटना तथा बोनससहित चार लाख ७ हजार रुपैयाँ भुक्तानी गरिएको हो ।
विमा रकम भुक्तानीका लागि आयोजित कार्यक्रममा ठूलोभेरी नगरपालिका–१० का वडा अध्यक्ष गोविन्द महत, सन लाईफ नेपाल ईन्स्योरेन्स सुर्खेत शाखाका प्रबन्धक गोविन्द ढकाल, ईन्स्योरेन्सकै डोल्पा उपशाखा प्रमुख टिकादत्त न्यौपाने, मार्केटिङ म्यानेजर शेरबहादुर रावत, अभिकर्ताहरु, सर्वसाधारणको रोहवरमा रकम भुक्तानी गरिएको हो ।