बद्री पन्त
जाजरकोट ७, कार्तिक
आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । झरनाले धेरैको मन लोभ्याएको छ । जिल्लाकै सबै भन्दा आकर्षक मानिने बारेकोट गाउँपालिकामा रहेका झरना आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा रहेका छन । बारेकोट पदमार्ग नजिकै रहेका तीन वटा झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।
बारेकोट गाउँपालिकाको वडा नम्बर ८, लैखम गाउँबाट करिब १ किलोमिटर दक्षिण पुर्वको रापानी खोलामा तीन वटा झरना छन । ती झरनाको बनावट पनि अनौठो खालको रहेको छ । एकै स्थानमा रहेका झरना आवश्यक प्रचारप्रसार नहुदा यो क्षेत्र ओझेलमा परेको छ । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सकेको छैन । झरनाको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आक्रसण बढाएको झरना अवलोकन गर्न पुगेका मुकुन्द्र उपाध्यायले बताए । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ । यहाँ तीन वटा झरना रहेका छन । तल्लो झरना, बिचको झरना र माथिल्लो रापानी झरना रहेका छन । छेउमै कलकल वग्ने नलसिंहगाड खोलाको सुन्दरतासंगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने झरना क्षेत्रको अवलोकन गर्न पुग्नेहरु वनाउ छन । शनीबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने तथा समाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ, स्थानीय कृष्ण खत्रीले बताए ।
झरनासम्म पुग्नका लागि सहज बाटो समेत छैन । झरना क्षेत्रको अवलोकन गर्न सहज पैदल मार्ग नहुदा पुग्न समेत मुस्किल पर्ने गरेको छ । झरनासम्म पुग्नलाई गतिलो पर्यटन पदमार्ग निर्माण गर्न सके आन्तरिक तथा बाहय पर्यटकहरुलाई सहज रुपमा झरना अवलोकन गर्न सक्ने देखिन्छ । करिव ७ सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ । राजाले पिएको पानी भएको हुदा यस झरनाको नाम रापानी झरना रहन गएको जानकारहरु बताउछन् । यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने विश्वास छ, भन्छन स्थानीय दिवबहादुर सिंह ।
झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले पनि पहल गर्ने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भएको छ । आगामी दिनमा विभिन्न कार्यक्रम तय गरी झरनाको विकास गरिने छ शाहले भन्नु भयो । बारेकोट गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तीनीहरुको प्रचारप्रसारमा गर्न गाउँपालिका लागि परेको छ अध्यक्ष शाहले बताउनु भयो ।
लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयहरु झरना स्थल पुगेर रमाउने गरका छन । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनु पर्नेमा स्थानीयको जोड छ । समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै १ सय मिटर, बिचको २ सय र माथिल्लो झरनाको १ सय ५० मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जंगली जनावरहरु तथा पंछीहरु देख्न सकिन्छ । यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाको विकासमा टेवा पुग्ने देखिन्छ । ओझलमा परेका यस्ता क्षेत्रको पहिचान खोजि तथा विकास गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन सके सरकारले घोषणा गरेको पर्यटन भम्रण बर्षले सार्थकता पाउने देखिन्छ ।