कर्णालीमा बहुमुल्य जडिवुटी पाइन छाडे

सुर्खेत, १६ कार्तिक ।
कर्णाली प्रदेशलाई बहुमुल्य जडिवुटीको खानी मानिन्छ । तर पछिल्लो समय प्रदेशका जुम्ला, डोल्पा, जाजरकोट, हुम्ला, मुगु, जाजरकोट कालिकोट जिल्लामा बहुमुल्य जडिवुटी पाइन छाडेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् ।
अवैध चोरी निकासी र अव्यवस्थीत संकलन नरोके जुडवुटीको भण्डार रित्तिने अहिले चरम गरिवी झेल्दै आएको कर्णालीले भविस्यामा झन ठुलो गरिवी झेल्नु पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
आफुहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको बहुमूल्य जडिवुटीलाई संरक्षण गर्न प्रतिवद्ध भएर लागेको कर्णाली प्रदेश सरकारले दावी गरेको छ ।


कर्णाली प्रदेशमा पाइने बहुमुल्य जडिवुटीको चोरी निकासी र अव्यवस्थीत संकलन गर्ने क्रम बढेको भन्दै त्यसलाई रोक्नु पर्ने स्थानीय बताउँछन् ।
चोरी निकासीले गर्दा चिराइतो, सतुवा, कुरिलो, सिजाजित, पाँच औंलाजस्ता बहुमुल्य जडिवुटी लोभ हुन थालेको कालिकोटका तुलाराज कठायत बताउँछन् ।
कर्णालीबासीकोे आम्दानीको मुख्य स्रोतको रुपमा रहेको बहुमुल्य जडिवुटी पछिल्लो समय डरलाग्दो रुपमा मासिदै गएको जुम्लाका जडिवुटी व्यवसायी रामकृष्ण बुर थापाले बताए ।
जाजरकोटकी कालुदेवी ज्योति अव्यवस्थीत संकलन र चोरी निकासी तत्काल नरोके कर्णाली प्रदेशको बहुमुल्य जडिवुटीका लोप भएर जाने खतरा औल्याउँछिन् ।
अवैध चोरी निकासीले एकातिर लाखै राजश्व घाटा लागिरहेको छ भने अर्कोतिर जडिवुटी लोप हुने अवस्थामा पुगेको छन । त्यसैले बहुमुल्य जडिवुटी संरक्षण गर्न तत्काल पहल चाल्नु पर्ने रामकृष्ण वुर थापाको सुझाव छ ।
बहुमुल्य जडिवुटीको भण्डारको रुपमा रहेको कर्णाली प्रदेशको जडिवुटीलाई संरक्षण गर्न आवश्यक कदम चलेको दावी कर्णाली प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले दावी गरे ।
अव्यवस्थीत रुपमा संकलन हुदै अवैध रुपमा बाहिर निकासी हुदै आएको बहुमुल्य जडिवुटीलाई प्रदेशमै प्रशोधन गरेर बाहिर निर्यात गर्ने व्यवस्था मिलाए जडिवुटी पनि संरक्षण हुने र राज्यलाई पनि फाइदा हुने कर्णालीबासी बताउँछन् ।

प्रकाशित मितिः १६ कार्तिक २०७६, शनिबार ०८:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *