फुर्सदको सदुपयोगबाट गतिलो आम्दानी

सुर्खेत, २१ कार्तिक ।
सुर्खेत बीरेन्द्रनगर नगरपालिका–९, का महिलाले फुर्सदको समयलाई सदुपयोग गदै गतिलो आम्दानी गदै आएका छन् ।  उनीहरुले सातु बनाएर बेच्दै आएका उनीहरुले सातुबाट हरके महिलाले मासिक १०-१५ हजार रुपैयासम्म कमाउदै आएको बताए ।
कार्यालय र घरायसी कामबाट बचेको समयलाई सदुपयोग गदै आफैले कमाउन थालेपछि पैसाको लागि श्रीमान र घरपरिवारको मुखताक्नु पर्ने बाध्यता हटेको उनीहरु बताउँछन् ।
घरायसी र कार्यालय कामबाट बचेको समय सदुपयोग गरी सातु बेचेर गतिलो आम्दानी गर्न सफल भएको डेढ वर्षदेखि सातु बनाएर बेच्दै आएको रिङ्गरोड पौष्टिक आहार उत्पादन समुहकी अध्यक्ष लालमति पन्तले बताइन् ।
समुहले सातु बनाउने अनाज किनेर सवै सदस्यलाई दिन्छ । उनीहरुले घरमा लिएर राम्रोसँग सफा गरी केलाएर उद्योगमा ल्याएर पिधेर बेच्दै आएका छन् । खेर गइरहेको समयलाई सदुपयोग गर्दा आत्मनिर्भर हुने गएको महिलाहरु बताउँछन् ।


सातु बनाएर बेच्न थालेपछि आफुलाई मन परेको लगाउन र खान श्रीमान र घरपरिवारको मुखताक्नु पर्ने अवस्था अन्त्य भएको सुशिला दाहाल बताउँछिन् ।
गहुँ, जौ, मकै र भटमास मिसाएर बनाएको सातुलाई महिलाले पोसिलो सर्वोत्तम पिठो नाम दिएका छन् । प्रतिकेजी दुई सय रुपैयामा सातु बिक्री गदै आएका उनीहरु माग ह्वात्तै बढेपछि सातु पुरयाउन हम्मेहम्मे पर्न थालेको समुहकी सदस्य बालकुमारी कार्की बताउँछिन् ।
पछिल्लो समय उनीहरुले बनाएको सातु सुर्खेतमा लोकप्रिय हुदै गएको छ । स्वास्थ्यको लागि फाइदाजनक भएकोले नियमित रुपमा सातु खादै आएको विद्यार्थी भोला शर्माले बताए ।
विभिन्न पेशामा आवद्ध १८ जना महिलाले एक÷एक हजार रुपैया उठाएर सातु उद्योग खोलेका थिए । समुहकी सदस्य कृष्ण ढकाल फुर्सदको समयलाई खेर नफाली केही न केही इलम गरेर बस्न महिलाहरुलाई सुझाव दिन्छिन् ।
सातुबाट हुने आम्दानी हरेक महिनामा बराबर बाड्दै आएका महिलाहरु फुर्सदको समयलाई राम्रोसँग सदुपयोग गर्न सके आर्थिक रुपमा आत्मनिर्भर बन्न बेर नलाग्ने बताउँछन ।

प्रकाशित मितिः २१ कार्तिक २०७६, बिहीबार ०६:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *