सुइटरबाट लोभलाग्दो आम्दानी

बद्री पन्त
जाजरकोट, ९ मंसिर ।
पाँच बर्षदेखि जाजरकोटमा सुइटर उद्योग संचालन गरेकी भेरी नगरपालिका ३ की शारदा हमालले सुइटरबाट लोभलाग्दो आम्दानी गरिरहेकी छन् ।
थोरै लगानीबाट राम्रो आम्दानी गदै आएकी उनी बताउँछिन् । घरेलु कार्यालय जाजरकोटले उनलाई सुइटर बनाउने सीप सिकाएको थियो ।  त्यही सीप अहिले उनी र उनीजस्तै अरु महिलाको लागि जीवन जीउने बलियो आधार बनेको छ । सुइटर उद्योगमा हमालले ८ जना महिलालाई रोजगारी पनि दिएकी छन् ।


उद्योगमा काम गर्ने महिलाहरु पैसाको लागि अरुको ताक्नु पर्ने अवस्था हटेको उद्योगमा काम गदै आएकी गीता शाह बताउँछिन् ।
बुटवल र काठमाडौबाट धागो ल्याएर उनले बनाएको सुइटरका साथै, महिलाको लागि कुर्ती, सल, आउटर, पुरुषको लागि गलवन्दी टोपी, हाइनेकजस्ता सामाग्री बनाउँछिन् ।
आफुले बनाएका सामाग्रीको माग दिनदिनै बढेपनि दक्ष जनशक्ति र मेसिनको अभावले गर्दा पुरा गर्न नसकेको उनीले बताइन् । आफ्नो ज्ञान सीप अरुलाई पनि बाँड्दै आएकी हमाल उद्यमी बन्न र बेरोजगार नवस्न महिला दिदीबहिनीलाई सुझाव दिन्छिन् ।
आफुलाई जाजरकोटकै पहिलो महिला उद्यमी भन्न रुचाउने उनी अहिले धेरै महिलाको लागि प्रेरणाको पात्र समेत बनेकी छन् ।
अहिले आफ्नो सिको गदै जाजरकोटका नलगाड, छेडागाड र बारेकोटका महिलाले पनि सुइटर लगायतका उद्योगहरु संचालन गरेको उनले बताइन् ।
उनले सुइटर उद्योगलाई अझ विस्तार गर्ने सोच वनाएकी छन् । त्यसैले उद्योगको सवै आम्दानी उद्योग विस्तारमै खर्च गदै आएकी छन् ।
जिल्लामै सुइटर बनाउन थालेपछि जाजरकोटमा अहिले काठमाडौ, नेपालगंजजस्ता सहरबाट सुइटरको आयातमा कमी आएको स्थानीय व्यापारी बताउँछन् ।

प्रकाशित मितिः ९ मंसिर २०७६, सोमबार ०६:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *