किन पस्यो बदेल गाउँ ?

बद्री पन्त
जाजरकोट १२, मंसिर
जाजरकोटको कुशे गाउँपालिका ५, खुर्पामा जंगलबाट गाउँमा पसेको बदेलले आक्रमण गर्दा तीन जना स्थानीय गंम्भीर घाईते भएका छन । खुर्पाका हरीबहादुर बोहरा, बीरबल कामी र दीपक रावल घाईते भएको निमित्त डिभिजन बन अधिकृत महेश कुमाईले बताउनु भयो । घाईते तीनै जनाको पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार भई रहेको छ । दुई जना सामान्य घाईते छन भने बीरबलको पेट नै च्यातेको उनको अवस्था गम्भीर रहेको छ । बदेलले स्थानीयका तीन वटा बाख्रा पनि मारेको छ ।
पछिल्लो समय जाजरकोटमा वन जंगल मासिदै जाना थालेपछि बन्ने जन्तुको बासस्थान र आहारा मासिदै गएपछि वन्ने जन्तु आहाँराको खोजीमा गाउँ पस्न थालेको निमित्त डिभिजन बन अधिकृत कुमाईले बताउनु भयो । बदेललाई स्थानीयले मारिदिएका छन ।

प्रकाशित मितिः १२ मंसिर २०७६, बिहीबार १६:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *