बीउबाट करोड आम्दानी गदै मेहलकुनाका महिला

सुर्खेत, १४ पुष ।
सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुना गाउँका महिलाहरु बीउ बेचेर आत्मनिर्भर बनेका छन् ।  उनीहरुले उत्पादन गरेको मकै, मुला, प्याज, भेन्डी, रायो, केराउको बीउ देशका विभिन्न ठाउँमा जाने गर्छ ।
परम्परागत अन्नवालीको विकल्पमा व्यवसायिक बीउ खेती गरिरहेका उनीहरु बीउबाट एक जनाले बर्षेनी डेड–दुईलाख रुपैया आम्दानी गदै आएको बताउँछन् ।
बीउ खेती गर्नु अघि पैसाको लागि श्रीमान र घरपरिवारमा निर्भर हुदै आएका महिलाहरु अहिले भने आफ्नै कमाईमा घरव्यवहार चलाउन सक्षम भएको उल्लेख गर्छन् ।
परम्परागत अन्नवालीबाट खासै फाइदा लिन नसकेका मेहलकुनाका महिलाहरु बीउबाट भने लोभलाग्दो आम्दानी गरिरहेको बताउँछन् ।
बीउखेती गर्नुअघि पैसाको लागि सधै श्रीमान र घरपरिवारको भर पदै आएका उनीहरु अहिले आफ्नै कमाइले छोराछोरी पढाउन र घर व्यवहार चलाउँन सफल भएकोमा गर्व गर्छन् ।

मेहलकुनाका करिव ९ सय महिला ७० वटा समुह बनाएर बीउ उत्पादनमा जुटेका छन् । परम्परागत अन्नवालीबाट खासै फाइदा लिन नसकेका उनीहरु वीउबाट भने जीवनस्तरमा ठुलो परिवर्तन आएको दावी गर्छन् ।
दश वर्षदेखि व्यवसायिक रुपमा वीउ उत्पादन गरिरहेकी किसान भीमकला थापा र चन्द्रकला विक आत्मनिर्भर हुदै गएपछि घरपरिवार र समाजले गर्ने व्यवहारमा समेत परिवर्तन आएको अनुभूति सुनाउँछिन् ।
आफ्नो ज्ञानसीप अरुलाई पनि बाँड्दै आएकी गीता शर्मा गाउँका अरु दिदीवहिनीले पनि आफुहरुबाट प्रभावित भएर बीउ खेतीमा आर्कषित हुदै गएको बताउँछिन् ।

कर्णाली प्रदेशका कृषि निर्देशक चित्रबहादुर रोकाय मेहलकुनाका महिलाहरुको ज्ञान सीपलाई अनुसरण गरेर कर्णालीलाई बीउमा आत्मनिर्भर बनाउन सकिने बताउँछन् ।
व्यवसायिक रुपमा बीउ खेती गदै आएका मेहलकुनाका महिलाहरुले बीउ बेचर मात्रै गाउँमा बर्षेनी एक करोड भन्दा बढी रुपैया भित्याउँदै आएको बताए ।
उनीहरुले उत्पादन गरेको बीउ गाउँकै पवित्र सहकारीले किनेर ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी देशका विभिन्न ठाउँमा पठाउदै आएको छ । बीबीसी विकल्पको बाटो सम्वन्धी रिपोर्टबाट साभार

प्रकाशित मितिः १४ पुष २०७६, सोमबार १७:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *