महिलाहरु बाख्रा पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

बद्री पन्त
जाजरकोट १४, माघ
सधै जसो घराएसी कामकाजमा व्यस्थ रहेने जाजरकोटका महिलाहरु पछेल्लो समय बाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन । बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि उनीहरु व्यवसायिक बाख्रापालनमा जोड दिदै आएका हुन । यहाँका महिलाहरुले वाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनीहरु स्थानीय खरी जातको वाख्रा तथा उन्नत जातको ब्रोयर बाख्रा पालनलाई जोड दिएका छन । कृषि समुह गठन गरेर बाख्रापालन पेशामा अग्रसर भएर आम्दानी गरिरहेका छन । भने बाख्राको कमाइबाट घर खर्च चलाउन र छोराछोरीलाई पढाउन लेखाउन धेरै सहज भएको बारेकोट गाउँपालिका ८, लैखमकी बाख्रापालनक कृषक डम्बर कुमारी वलीले बताउनु भयो ।


अन्य पेशा व्यवसाय भन्दा बाख्रा पालन व्यवसाय सजिलो भएको र यसवाट बर्षमा २ लाख देखि ३ लाख रुपैयासम्म आम्दानी गर्ने गरेको नलगाड नगरपालिका १०, रग्दाकी बाख्रा पालक कृषक बिमला रावतको भनाइ छ । दुई वटा बाख्राबाट सुरु गरेको पेशा हो, रावतले भन्नु भयो । अवसर पाएपछि महिलाले पनि केहि काम गरेर देखाउन सक्छन भन्ने गतिलो उदाहरण आफुले दिएको बताउनु हुन्छ २० बर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आउनु भएकी नलगाड नगरपालिका १० रग्दाकी रञ्जना पुन ।
महिलाहरुको जीवन स्तरमा सुधार ल्याउन आयआर्जन तथा रोजगारीमा जोड दिन कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई जाजरकोटले विभिन्न कार्यक्रम सन्चालन गरेको छ । सह लगानी मार्फत कार्यक्रम सन्चालन गरेर कार्यक्रम लागु भएको क्षेत्रका दुई तिहाइ महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कार्यक्रम सन्चालन भएको कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोट प्रमुख सुरेश कुमार थापाले बताउनु भएको छ ।
बजारीकरण बढेपछि अधिकांश महिला व्यवसायिक बाख्रा पालनमा पेशामा आकर्षित भएका छन । गाउँगाउँमा सडक सुविधा पुगेपछि व्यापारीले घरघरमै आएर खसीबोका खरिद गर्न थालेका छन । स्थानीय बजारमा खसीबोकाको माग बढ्दै गएपछि जाजरकोटका महिला बाख्रापालन व्यवसायमा अग्रसर भएका छन । जसले गर्दा दैनिक जीवन यापनमा समेत सहजता आएको छ । यहाँका खसीबोका पोखरा, काठमाण्डौं, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पा लगाएतका जिल्लाहरुमा निर्यात हुने गरेका छन् ।

प्रकाशित मितिः १५ माघ २०७६, बुधबार १२:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *