बद्री पन्त
जाजरकोट १७, माघ
जाजरकोटको जुनीचाँदे गाउँपालिका १ मजकोट स्थित बडकुले स्वास्थ्य चौकीको भवन विगत सात बर्षदेखि निर्माणको काम अलपत्र परेको छ । भवन निर्माण कामको जिम्मा लिएको निर्माण व्यवसायीले कामै छोडेर भागे पछि भवन अलपत्र परेको हो । तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६९÷०७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा. लि कोठेश्वर (३५) काठमाडौंले लिएको थियो । २०६९÷०१÷०७ मा सम्झौता भैइ २०७०÷०७÷०६ मा कार्य सम्पन्त गर्नु पर्ने सम्झौतामा उल्लेख छ .
एक करोड ५० लाख लागतको उक्त भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भएको वडा अध्यक्ष चन्द्रबहादुर शाहीले बताउनु भयो । बढी लागतको काम घटेर लिने र समयमा काम पुरा नगर्दा भवन निर्माणको काम अलपत्र परेको शाहीको भनाइ छ । ठेकेदारको चरम लापरवाहीले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बिचमै काम छोडेर गएपछि सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ, शाहीले भन्नु भयो । भवन नहुदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ । भवन अभावमा महिलाहरुको सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको छ । निर्माण कार्यको सम्पूण जिम्मेवारी लिएको निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणको काम ७ वर्Èदेखि अलपत्र परेको भन्दै मजकोटबासीले ठेकेदारलाई कडा कारबाहिको माग गरेका छन् । भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय सर्पराज रावतले बताउनु भयो । निर्माण व्यवसायीले अहिलेसम्म पाइला समेत नटेकेको र यस्तो लापरबाही हुदा समेत जिम्मेवार निकाय बेखबर भैइ दिदा समस्या भएको रावतको भनाइ छ ।
व्यवसायीलाई पटक पटक ताकेता गरीएको, पत्र पत्रिकामा सुचना जारी गरेर सम्पर्कमा आउन भनिएको अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । लामो समय देखि काम नगरेर भवन अलपत्र बनाउने कोही पनि निर्माण व्यवसायीलाई सरकारले कुनै कारवाहिको प्रक्रिया अघि नबढाउदा उन्मुक्ति पाउने गरेका छन् । सम्वन्धित निकायले गलत गर्नेहरुलाई कारवाहि गर्न नसकेका कारण कराडौंको वजेट अलपत्र परेको छ । गाउ“मा सुरÔित रुपमा प्रसुती सेवा दिनका लागि सरकारले ठुलो रकममा भवन निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकायले व्यवास्ता गर्दा समस्या परेको हो ।