सुर्खेतमै होटल म्यानेजमेन्टको पढाई

सुर्खेत, १७ माघ ।
सुर्खेत बीरेन्द्रनगरमा पहिलो पटक होटल म्यानेजमेन्टको पढाई सुरु हुन लागेको छ ।  होटल तथा ग्रामिण पर्यटनको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न कुलिनरी द हस्पिटालिटी सेन्टर (सिटीएच)ले होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागेको हो ।
बीरेन्द्रनगर –४, भैरवस्थानमा रहेको सेन्टरले आउँदो फागुन महिनादेखि पढाई सुरु गर्न लागेको जनाएको छ । होटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण पढाई एउटै छानोबाट हुने सेन्टरका संचालक केशव कठायतले बताए ।


उनका अनुसार चाइनिय, इन्डियन, यूरोपियन, अरविक, थाई, मलेसियन, एसियनलगायत खाना सम्वन्धी पढाई हुनेछ ।  साथै आधुनिक डिजाईनका केक र कुकिजका परिकारहरु बारेमा पनि पढाई हुने उनले बताए ।
दक्ष जनशक्ति उत्पादन गरी कर्णालीको ग्रामीण पर्यटनमा टेवा पुर्याउने मुख्य उदेश्य रहेको समेत कठायतले बताए ।
सेन्टरमा १० प्रतिशत सौद्धान्तिक र ९० प्रतिशत प्रयोगात्मक ज्ञान सिकाइने भएकोले पढाई सक्न वित्तिकै विद्यार्थीले सजिलै रोजगारी पाउने उनको भनाई छ ।


सेन्टरमा ६ महिनासम्म पढाई हुने र त्यसपछि विद्यार्थीलाई वाकी ६ महिनाको लागि तारे होटलहरुमा इन्टर्नसिपको लागि पठाइनेछ ।
काठमाडौका तारे होटेलमा इन्टर्नसिप गर्ने अवसर पाए विद्यार्थीले झन् धेरै ज्ञान आर्जन सक्ने बताएको छ । एसईई उर्तीण विद्यार्थीलाई यो कोर्स पढ्न एक लाख २० हजार रुपैया खर्च लाग्नेछ ।
पढाई पुरा गरेपछि विद्यार्थीले आफैले व्यवसाय गर्न सक्ने,  देशभित्रै रोजगारी पाउने र विदेश गएपनि दक्ष कामदारको रुपमा अरु भन्दा राम्रो तलव सुविधा पाउनेछन् ।


श्रमबजारको आवश्यकता अनुसारको ज्ञान, सीप र पढाई हुने भएकोले कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताएको छ ।
सेन्टरमा आएर गृहणीहरुलाई पनि छोटो अवधिको तालिम लिन सक्नेछन् ।  यस्तै वैैदेशिक रोजगारीमा जाने युवाहरुले समेत छोटो र लामो अवधिको तालिम लिन सक्छन् ।
बेरोजगारीको चर्को समस्या झेलिरहेका कर्णालीका युवाहरुलाई आत्मनिर्भर बनाउन सेन्टरले सहयोग गर्ने धेरैले अपेक्षा गरेका छन् ।(तस्वीरहरु भरत पन्त)

प्रकाशित मितिः १७ माघ २०७६, शुक्रबार १७:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *