काठ तस्कारीमा महिला प्रयोग बढ्दो : अबैध काठ सहित सात महिला पक्राउ

बाबा बयक

सुर्खेत, २६ मंसिर ।

पछिल्लो समय सुर्खेतमा काठ तस्करीका लागि महिलाको प्रयोग बढ्दो क्रममा रहेको पाईएको छ । जिल्लामा एक वर्ष यता काठ तस्करीका लागि पक्राउ परेका कुल ७२ जना मध्ये ५५ जना महिला रहेका छन् । पक्राउ पर्नेमा सबै ५० वर्ष मुनि उमेरका रहेका छन् । यो काठ तस्करीमा पक्राउ पर्ने कुल संख्याको ७६ दशमलव ३९ प्रतिशत महिलाको हो ।
जिल्ला वनले काठ तस्करमा माथि कडाई गरेपछि महिलाको प्रयोग बढेको छ । तस्कारीमा महिलासँग अवोध बालबालिका समेत पक्राउ पर्ने गरेका छन् । पछिल्लो समय तस्कारले सुरक्षित विकल्पको रुपमा काठ तस्कारीका लागि महिला तथा बालबालिकाको प्रयोग गर्दै आईरहेका छन् । यसैक्रममा जिल्ला वन कार्यालयको नियमित गस्ती टोलीले आइतबार विहान वीरेन्द्रनगर नगरपालिका–१४, बामेखोला क्षेत्रबाट १९ क्यूफिट सालको चिरान काठसहित ७ जना महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–२०, का विनिता सुनार, नन्दी खड्का, शान्ति चौधरी, गीता सुनार, देविसरा रावत, पवित्रा बस्नेत र शर्मिला रावल रहेका छन् ।
kathकाठ तस्करीका नायके फरार भएपनि भरियाका रुपमा काम गर्ने ती सात जना महिलालाई गस्ती टोलीले पक्राउ गरेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई सोही ठाउँ निवासी रेशक कार्कीले राम्रो ज्याला दिने आश्वासनमा काठ ओसार पसार गराउन लगाएको खुलेको जिल्ला वन अधिकृत विष्टले बताए । उनका अनुसार फरार काठ तस्करलाई पक्राउ गर्न छिट्टै विशेष अभियान चलाईने छ ।
अबैध काठ ओसार पसार गर्नेलाई ६ महिनासम्म कैद र ४२ हजार रुपैयाँ जरिवना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । तर, यता पक्राउ परेका महिलाले आफूहरु तस्कर नभई घरखर्ची टार्न पाँच रुपैयाँका लागि अर्कैको काठ बोक्न जाँदा वन कार्यालयले पक्राउ गरेको बताएका छन् । वन कार्यालयले गत वर्षमा अबैध काठ ओसार पसार गरेको आरोपमा ६० जना माथि मुद्दा दायर गरेको थियो । चालु आवमा पाँच जनाबाट ५० क्यिूफिट काठ सहित मुद्दा दायर गरिसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १४:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *