मोटरसाईकलको ठक्करबाट पत्रकार बयककी छोरी घाईते

दिलबहादुर खत्री
सुर्खेत, ७ माघ ।
अनियन्त्रित गतिमा आएको मोटरसाईकलले एक्कासी ठक्कर दिँदा पत्रकार आकाश तारा बयककी छोरी गम्भीर घाईते भएकी छिन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँमा विहीबार साँझ विद्यालयबाट फर्किदै गर्दा विपरित दिशाबाट आएको अनियन्त्रित बा ५१ प ६४८५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पत्रकार बयककी ११ वर्षिय छोरी जहान्वी बयक गम्भीर घाईते भएकी हुन् । घाईते जहान्वीको अहिले बाँकेको नेपालगञ्ज स्थित मिडवेस्टरन हस्पिटल एण्ड रिचर्स सेन्टरमा उपचार भईरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार टाउँकोमा ११ वटा टाँकासँगै हात र खुट्टामा गम्भीर चोट लागेकाले सञ्चो हुन केही समय लाग्नेछ ।
भुरीगाउँको रामजानकी बोडिङ्गकी कक्षा ६ मा अध्ययनरत जहान्वी अध्ययन सकेर विहीकार साँझ ५ बजेतीर साईकलबाट घर फर्किदै गर्दा बबई नगरपालिका ७, का मणि लम्लासले मोटरसाईकलबाट ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बगनाहाले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले घटनालाई हेर्दा लम्सालले तेजगतिमा चलाएको मोटरसाईल अनियन्त्रित भई दुर्घटना हुन पुगेको बताए । उनका अनुसार घटना लगतै एम्बुलेन्समा राखेर जहान्वीलाई उपचारका लागि नेपालगञ्ज पठाईएको थियो ।

प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार ०८:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *