श्रीकृष्ण माविका विद्यार्थीलाई चप्पल सहयोग

बाबा बयक
सुर्खेत, २१ माघ ।
श्रीकृष्ण संस्कृत साधारण माध्यमिक विद्यायल इत्राम सुर्खेतका बालबालिकालाई वीरेन्द्र चोकमा रहेको सोनिया सु सेन्टरले निशुल्क चप्पल सहयोग गरेको छ । सेन्टरले शुक्रबार विद्यालयका गरिब, असाहय तथा जेहन्दार बालबालिकालाई ५० जोड चप्पल सहयोग गरेको हो ।
सु सेन्टरका सञ्चालक सम्शेर मियाँले गरिब, असाहय तथा जेहन्दार बालबालिकालाई निशुल्क चप्पल सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरें । उनले त्यहाँ अध्ययनरत बालबालिका थप सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका छन् । एकदेखि ६ कक्षा मुनिका ५० जना बालबालिकालाई चप्पल सहयोग गरेको विद्यालयका कोडिनेटर लिलाराम गौतमले जानकारी दिए । उनले सेन्टरद्वारा गरिब, असाहय तथा जेहन्दार बालबालिकालाई गरेको सयहोग प्रति हार्दिक आभार समेत व्यक्त गरे ।
ती बालबालिकालाई चप्पल सहयोगका लागि श्रीसिद्ध बहिरा बालकको स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले समन्वय गरेका थिए । उनकै पहलमा विद्यायलयका गरिब, असाहय तथा जेहन्दार बालबालिकालाई थप कपडा समेत निशुल्क वितरण गरिने योजना रहेको छ ।

प्रकाशित मितिः २२ माघ २०७३, शनिबार ११:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *