सुर्खेत, २७ फागुन ।
नेपालको चर्चित सिमेन्ट घराना अर्घाखाँची सिमेन्ट उद्योगले ६ नम्बर प्रदेशका प्राविधिक तथा निर्माण व्यवसायीसँग भेटघाट गरेको छ । उद्योगले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरको भेटघाट कार्यक्रममा निर्माण व्यवसायी तथा प्राविधिकहरुले अर्घाखाँची सिमेन्टको गुणस्तरीयता, सर्वसुलभ उपलब्धता जस्ता कारण लोकप्रिय बन्दै गएको बताएका छन् । कार्यक्रममा सिमेन्टका महाप्रवन्धक उद्घवबहादुर कार्कीले मध्य तथा सुदूर पश्चिम क्षेत्रमा कुल मागको २५ प्रतिशत हिस्सा अर्घाखाँची सिमेन्टले ओगटेको दावी गरे । उनले पूर्वीक्षेत्रको तुलनामा मध्य तथा सुदूर पश्चिमलाई केन्द्रविन्दु बनाएर उद्योगले मूल्यमा विशेष छुट दिएको जानकारी दिए ।
नेपाल निर्माण एकता व्यवसायी संघ सुर्खेतका अध्यक्ष यामबहादुर विसीले पछिल्लो समय विभिन्न ब्राण्डेड नाम आईरहेका बेला अर्घाखाँची सिमेन्टले छोटो समयमै अफ्नो पहिचान बनाउन सफल भएको बताए । उनले अन्य सिमेन्टको तुलनामा अर्घाखाँची सिमेन्टको गुणस्तरीयता राम्रो भएकाले उपभोक्ताको माग बढेको जिकिर गरे । उनका अनुसार अर्घाखाँची सिमेन्टले अब ६ नम्वर प्रदेशलाई केन्द्रविन्दु बनाएर आफ्नो बजार प्रवद्र्धन तथा विस्तार गर्नु पर्छ ।
‘यति बेला ६ नम्बर प्रदेशमा विभिन्न बहुउद्देश्यीय आयोजनासँगै मध्यम तथा साना आयोजना निर्माण कार्य तीव्र बनेका छन्,’ उनले भने, ‘ती आयोजनामा गुणस्तरीय सिमेन्टका साथ आफ्नो स्थान ओगट्न अर्घाखाँची सिमेन्टले विशेष भूमिका खेल्नु पर्छ ।’ उनले यस क्षेत्रमा सिमेन्टको खपत वर्षेनी बढ्दै गईरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले अर्घाखाँची सिमेन्टले ६ नम्बर प्रदेशमा गुणस्तीयताका साथ आफ्नो हिस्सा बढी भन्दा बढी ओगट्नु पर्नेमा जोड दिए । उनले प्रतिस्पर्धालाई आत्मसाथ गर्दै उद्योगले यस क्षेत्रमा आफ्नो उत्पादनको प्रवद्र्धन गर्नु पर्ने बताए । त्यस्तै नेपाल बायोग्यास प्रवद्र्धन संघ क्षेत्रीय कार्यालय नेपालगञ्जका अध्यक्ष कृष्णप्रसाद ढकालले बजारमा पाईने अन्य सिमेन्टको अपेक्षा अर्घाखाँची सिमेन्टको गुणस्तरीयता राम्रो भएको बताए । उनले यस क्षेत्रको बायोग्यास निर्माणमा ९० प्रतिशत सिमेन्ट अर्घाखाँचीको नै हुने गरेको उल्लेख गरे ।
कार्यक्रममा अर्घाखाँची सिमेन्टका बजार व्यवस्थापक जनक पाण्डेले आफ्नो उत्पादन बजार विस्तारका लागि आर्कषक कार्यक्रम ल्याउने योजना रहेको जनाए । उनले उपभोक्ताको सन्तुष्टीप्रति उद्योग जवाफदेही रहेकाले आफ्नो उत्पादनलाई गुणस्तरीयतासँग प्रतिस्पर्धामा जाने जिकिर गरे । कार्यक्रममा अर्घाखाँची सिमेन्टका आईटी तथा एचआर अफिसर मनिष शर्मा, ब्राण्ड अफिसर निलकण्ड पाण्डे, मार्केटिङ्ग अफिसर जीवनाथ काफ्ले तथा खगेस्वर विनाडीलगायतले आफ्ना उत्पादनका बारेमा प्रवद्र्धन गरेका थिए ।