कर्णाली सरकारले उपेक्षा गरेको कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको गुनासो

कर्णाली प्रदेशमा कार्यरत आठौ तहका चिकित्सकहरुले कर्णाली प्रदेश सरकारले दिने भनेको प्रोत्साहन भत्ता आफुहरुले नपाएको गुनासो गरको छन् ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा खटिएर काम गरिरहेका मेडिकल अधिकृतहरुले अरु चिकित्सक र स्वास्थ्यकर्मीले पाएपनि अहिलेसम्म पनि आफुहरुले उक्त भत्ता नपाएको बताएका हुन ।
जनप्रतिनिधीहरुको सेवा सुविधा दोव्वर बनाउन लागेको प्रदेश सरकारले आफ्नो ज्यान जोखिममा राखेर रातदिनै कोरोनाभाइरस नियन्त्रणमा खटिने चिकित्सकलाई दिने भनेको प्रोत्साहन भत्ता अहिलेसम्म पनि नदिन लज्जाको विषय भएको सर्वसाधारण बताउँछन् ।
उनीहरु भन्छन्, आइसोलेसन, आकस्मिक कक्ष र दुर्गम गाउँमा खटिएका आठौ तहका स्वास्थ्यकर्मीलाई भत्ता नदिनु भनेको उनीहरुमाथीको उपेक्षा हो ।
प्रदेश सरकारले कर्णालीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई गत माघ महिनामा मंसिर महिनादेखि नै प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार अरु सम्पूर्ण स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाएपनि आफुहरुले चाल आर्थिक वर्षको अन्त्य हुनै लाग्नसम्म पनि नपाएको आठौ तहका चिकित्सकहरु बताउँछन् ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक प्रकाश ओलीले सरकारले प्रोत्साहन भत्ता उपलव्ध गराउने आश्वासन पटक पटक दिएपनि अहिलेसम्म भत्ता भने नदिएको बताए ।
उनले भने, यदि हाम्रो मागलाई वेवास्था गरियो भने आकस्मिक सेवा बाहेकका अरु सेवाहरु वन्द गरेर चरणबद्ध आन्दोलनमा उतिनुको विकल्प छैन् ।
कर्णाली प्रदेशमा आठौ तहमा कार्यरत चिकित्सकहरु ८० जना भन्दा बढी रहेको पनि ओलीले बताए ।
यता सामाजिक विकास मन्त्रालयका कामु सचिव धर्मराज शाहीले पहिले निर्णय गर्दा विशेषज्ञ चिकित्सक मात्र भनेकोले आठौ तहका चिकित्सक छुटेको बताए ।
दुई चार दिनमै उहाँहरुले पनि भत्ता पाउँनु हुन्छ, उनले भने, त्यस सम्वन्धी प्रस्ताव मन्त्रालयले मन्त्री परिषदमा पेश गरिसकेको छ ।
उनले रातदिनै काममा खटिरहेका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने मन्साय सरकारको नभएको पनि स्पस्ट परेका छन् ।

प्रकाशित मितिः ११ असार २०७७, बिहीबार १२:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *