वडाध्यक्ष पन्तको पहलमा स्वास्थ्य चौकी लहँलाई डेलीभरी वेड

नलगाड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्तको पहलमा स्स्वास्थ्य सेवा कार्यालय जाजरकोटले स्वास्थ्य चौकी स्वास्थ लहँलाई डेलीभरी वेड सहयोग गरेको छ । आफ्नो आग्रहलाई सहज रुपमा लिएर स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले उक्त वेड दिएको भन्दै अध्यक्ष पन्तले धन्यवाद दिएका छन् । वेड प्राप्त भएपछि सुत्केरी गराउन निकै सहज हुने वडाध्यक्ष पन्तले बताए । वडाध्यक्ष पन्तले सदरमुकाम खलंगाबाट आफैले उक्त वेड आफैले लिएर स्वास्थ्य चैकीलाई दिएका छन् ।
प्रकाशित मितिः ९ भाद्र २०७९, बिहीबार ०६:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *