सुर्खेत, १८ जेठ ।
आज मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाईरहेका बेला सुर्खेतमा पनि प्रभात फेरी गरी मनाइएको छ ।
जिल्ला स्तरिय सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन उपसमितिको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतको संयोजकत्व तथा समन्वयमा प्रभात फेरी गरी दिवस मनाइएको हो ।
प्रभात फेरीमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनीधि, विभिन्न सामुदायिक विद्यालयका पदाधिकारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
फोटोहरु हेर्नुहोस् :
