सुर्खेत, २२ जेठ ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले आउँदो असार महिनाभित्रै सय शैयाको सेवा संचालनमा ल्याउने जनाएको छ ।
अहिले संचालन भैइरहेको ५० शैयालाई विस्तार गरी असारभित्रै सय शैया पुरयाउने अस्पताल विकास समितिले बताएको छ । ३ सय ५० शैयाको क्षेत्रीय अस्पताल भएपनि सरकारले संचालनको अनुमति नदिएकोले सवै शैयाको सेवा संचालन गर्न नसकेको समितिले बताएको छ । शानिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गदै समितिले क्षेत्रीय अस्पतालको स्तरवृद्धिका लागि वनाएको गुरुयोजना अहिलेसम्म पनि स्वीकृति नहुदा सेवा विस्तारमा कठिनाई भएको दावी समेत गरेको छ ।
अस्पतालको स्तरवृद्धिको लागि ७५ करोड रुपैयाको लागतसहित गुरुयोजना वनाएर पठाएपनि स्वास्थ्य मन्त्रालयले स्वीकृतिको लागि अहिलेसम्म पनि प्रक्रिया अघि नवढाएको अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानीले वताउनु भयो । अन्र्तराष्ट्रिय मापदण्डको अस्पताल वनाउनको लागि लागत स्टिमेट सहितको गुरुयोजना वनाएर पठाएको ८÷९ महिना वितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले मन्त्री परिषद वैठकमा प्रस्ताव पेश नगरेको उहाँले गुनासो गर्नुभयो । क्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्नको लागि बनेको गुरुयोजना कार्यान्वयन गर्न ग्लोवल टेन्डर आव्हान गर्नु पर्ने समितिको भनाई छ ।
छिट्टै नयाँ भवनमा ओपीटी सेवा संचालन हुने
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले छिट्टै नयाँ भवनमा ओपिटी सेवा संचालन गर्ने जनाएको छ ।
क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले ओपीटी सेवा संचालनको लागि आवश्यक पूर्वाधारको काम तिव्र रुपमा भैइरहेको जानकारी दिनुभयो । यही जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय अस्पतालको नयाँ भवनको उदघाटनसगै ओपिटी सेवा संचालन हुने उहाँले वताउनु भयो । आवश्यक जनशक्ति र उपकरण नभएकै कारण चाहेजस्तो सेवा दिन नसकेको डा. खड्काले उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७०÷७१ मा ओपीटी तर्फ करिव ३३ हजार विरामी आएको २०७१÷७२ मा त्यो संख्या वढेर करिव ४७ हजार पुगेको समेत वताउनु भयो । २५ जना डाक्टरको दरवन्दी रहेको क्षेत्रीय अस्पतालमा अहिले ४ जना डाक्टरमात्र कार्यरत रहेको अस्पतालले जनाएको छ ।
यस्तो छ प्रधानमन्त्रीसँग माग
यस्तै क्षेत्रीय अस्पतालको स्तर अन्नतिको लागि अस्पताल विकास समितिले प्रधानमन्त्री समक्ष ३ सय ५० शैया संचालन गर्नको लागि स्वीकृति दिनुपर्ने, डाक्टर तथा कर्मचारीको लागि आवास निर्माणमा सहयोग गर्नुपर्ने माग गर्न लागेको छ । ३ सय ५० शैयाका लागि आवश्यक पर्ने भवनहरु खरिद योजना स्वीकृति गरी प्याकेज खरिद गुरुयोजना भित्र रही ग्लोवल टेन्डरमार्फत निर्माण गर्नुपर्ने, अस्पतालमा ११ औ तहको प्रमुख हाडजोर्नी विशेषज्ञको दरवन्दी सृजना गर्नुपर्ने माग समितिले प्रधानमन्त्री समक्ष राख्न लागेको जनाएको छ । समितिले क्षेत्रीय अस्पतालको सेवा विस्तारका लागि दरवन्दी र प्राविधीक सहितिको सिटी स्क्यान र आइसीयू, एनआइसीयू सेवा विस्तारको लागि सहयोग गर्न प्रधानमन्त्रीसगँ माग गर्ने समितिको भनाई छ ।
स्तर उन्नतिको लागि चौतफी दवाव आवश्यक
क्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न चौतफी दवाव सृजना गर्नुपर्नेमा समितिले जोड दिएको छ । राजनीतिक दवाव दिन सकिक्षेत्रीय अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले क्षेत्रीय अस्पताल भएर पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुदा अंचाल अस्पतालमा विरामी रिर्फर गनु परेको गुनासो गर्नुभयो । राजनीतिक दवाव दिन नसकेकै कारण क्षेत्रीय अस्पतालको स्तर उन्नति हुन नसकेको उल्लेख गदै उहाँले अस्पतालको विकासको लागि चौतफी दवाव सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।