१ सय ३८ ले जिते मृत्युलाई

20160620_083841
सुर्खेतमा प्रसुती सेवा लगायतको स्वास्थ्य सेवावारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बसन्त श्रेष्ठ ।
092357
सुर्खेतमा आत्महत्याको अवस्थावारे जानकारी दिदै डिएसपी बहादुरजंग मल्ल ।

सुर्खेत, ६ असार
सुर्खेतमा पछिल्लो ११ महिनामा १ सय ३८ जनालाई आत्महत्या गर्नबाट बचाईएको छ ।
आत्महत्याको प्रयास गरेका ८५ जना महिला र ५३ जना पुरुषलाई मृत्युको मुखवाट जोगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा बिषदी खाएर १ सय २६ जना, झुन्डिएका ११ जना र सिटामोल ट्याव्लेटर खाएर आत्म हत्याको प्रयास गरेका एक जनालाई बचाइएको सुर्खेतका डिएसपी बहादुर जंग मल्लले वताए ।
जिल्ला स्वास्थ्य कार्यालयले वीरेन्द्रनगरमा गरेको कार्यक्रमा सुर्खेतमा आत्महत्याको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गदै मल्लले साउनदेखि जेठ महिनाको अवधिमा ७२ जनाले आत्महत्या गरेको जानकारी दिए ।
सुर्खेतमा आत्महत्याको संख्या डरलाग्दो तरिकारले वढिरहेकोले आत्महत्याका घटना हुन नदिन सरकारी तथा गैरसरकारी निकायले तत्काल कदम चाल्नु पर्नेमा मल्लले जोड दिए । २०६९ देखि २०७३ सम्मको आत्महत्याका घटनालाई उमेर, लिड्ग, वैवाहिक अवस्था, जात, शैक्षिक अवस्थालाई आधार मानेर विश्लेषण गरिएको छ ।
सुर्खेतमा कुल आत्महत्या गर्नेमा महिलाको संख्या वढी छ । ११ वर्षदेखि ६५ वर्ष भन्दा माथीका व्यक्तिले पनि आत्महत्या गरेका छन । निरक्षरदेखि साधारण लेखपढ हुदै उच्च शिक्षासम्म पढेकाले आत्म हत्या गरेका छन । १६ देखि २५ वर्षको उमेर समुहका धेरैले आत्म हत्या गरेका छन । जातिय आधारमा भन्दा आत्महत्या गर्नेमा सवैभन्दा बढी दलित, त्ससपछि क्षेत्री, आदिवासी जनजाति, वाहुन लगायत छन ।
आत्महत्या गर्नेहरूको वैवाहिक अवस्थालाई हेर्दा दुई तिहाइभन्दा बढी विवाहित छन । गाउँमा भन्दा सहरी क्षेत्रमा आत्महत्याको संख्या धेरै छ । पारिवारिक कलह, श्रीमान÷श्रीमती बीच झगडा, तनाव, गरिवी, गंम्भिर विरामी, परिक्षामा असफलता, प्रेममा धोका, मानसिक विकार, सम्पत्ति सम्बन्धी विवाद, धार्मिक, राजनीति लगायतका कारणले मानिसले आत्महत्या गरेको पाइएको छ ।
यसैवीच जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले पछिल्लो समय सुर्खेतमा प्रसुती सेवा लिनेको संख्यामा बृद्धि भएको बताएको छ ।
चालु आर्थिक वर्षको साउनेखि पुषमहिनाको अवधिमा ३३ प्रतिशत दलित, २० प्रतिशत जनजाति, ४१ प्रतिशत वाहुन क्षेती, ९ प्रतिशत मधेसी र ६ प्रतिशत अन्य समुदायका महिलाले स्वास्थ्य संस्थामा आएर प्रसती सेवा लिएका छन ।
जनसंख्याको अनुपातमा प्रसुती सेवा लिने दलित समुदायका महिलाको संख्या वढी भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बसन्त श्रेष्ठले वताउनु भयो ।
कार्यक्रममा सरकारी र गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीले आत्महत्याका घटना रोक्नको लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिएका छन । उनीहरुले चेतनामुलक गतिविधी संचालनका साथै मरामर्श पनि दिनुपर्नेमा जोड दिएका छन ।

प्रकाशित मितिः ६ असार २०७३, सोमबार ०७:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *