सुर्खेतमा प्रभात फेरी र रक्तदान

received_515850238606160
प्रभात फेरी तस्वीरहरु प्रेम भण्डारी
received_515850235272827
रक्तादन गदै युवाहरु ।

सुर्खेत १०, असार ।
नेपाल औषधी व्यवसायी संघको ४३ औ स्थापना दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा नेपाल औषधी व्यवसायी संघ उपशाखा सुर्खेतले वीरेन्द्रनगरमा प्रभात फेरी र रक्तदान कार्यक्रम गरेको छ ।
मंगलगढीचोकवाट सुरु भएको प्रभात फेरी पिपलचौतारीमा पुगेको थियो । पिपचौतारीमा गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको शाखाका महासचिव प्रेम भण्डारीले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका रक्त संचार सेवाका प्रमुख किशोर रेग्मी, देउती अस्पतालका प्रवन्ध निर्देशक खगेन्द्र थापाल लगायतले आफनो भनाई राखेका थिए ।
कार्यक्रमम मध्यपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुवहादुर खड्काको प्रमुख आतिथ्यता र उपशाखाका अध्यक्ष किशोर रावलको सभापतित्वमा भएको हो ।

प्रकाशित मितिः १० असार २०७३, शुक्रबार १२:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *