३८० जनाको निशुल्क उपचार

FB_IMG_1467461661879
शिविरमा उपचार गदै डाक्टर । तस्वीर पूर्णप्रसाद पौडेलको फेसवुकवाट

सुर्खेत १८, असार ।
सुर्खेतको वीरेन्द्रनगर ११ चनौटेमा रहेको हस्तवीर सामुदायिक प्राथमिक विद्यालयले शनिवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सुर्खेत अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिविरमा ३ सय ८० जनाको स्वास्थ्य उपचार गरिएको विद्यालयले जनाएको छ ।
सुर्खेत अस्पतालका वरिष्ट फिजिसियन डा. के. एन पौडेल, हात तथा नसारोग विशेषज्ञ डा रुपक कँडेल र मडिकल अधिकृत डा. अनिता दाहालले विरामीको स्वास्थ्य उपचार गर्नु भएको छ ।
निशुल्क शिविरमा अधिकाश महिलाले सेवा लिएको समाजसेवी पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जनउत्तरदायी क्रियाकलाप अन्तर्गत विद्यालयले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको दावी गरेको छ ।

प्रकाशित मितिः १८ असार २०७३, शनिबार १२:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *