
सुर्खेत २४, सुर्खेत ।
अनुशासन उल्लंघन गरेको भन्दै यो आर्थिक वर्षमा सरकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका चार जना स्टाफ नर्श सहित स्वास्थ्य मन्त्रालयका ५२ जना कर्मचारी बर्खास्तीमा परेका छन् ।
विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाकालागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले बताउनु भयो ।
लामो समयदेखि तोकिएको काममा उपस्थित नभएको तथा अनुशासन उल्लंघन गरेको भन्दै सरकारले स्टाफ नर्श पाँचौँ तहमा कार्यरत जीवनदेवी वञ्जारा, सविना चापागाईँ, समिक्षा सुवेदी र पार्वती गोसाईँलाई कारबाही गरिएको हो।
उनिहरुलाई मन्त्रालयले भविष्यमा सरकारी सेवाकालागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको छ ।
मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको हो।
बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन्।