जाजरकोटका १० गाविस पुर्ण खोपयुक्त

jajarkot_mapबद्री पन्त
जाजरकोट ३, साउन ।
जाजरकोटका १० वटा गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
१२ देखि २३ महिना उमेरका सवै बालबालिकाहरुलाई सवै किसिमका खोपहरु लगाएपछि गाविसहरुलाई खोपयुक्त गाविस घोषणा गरिएको हो ।
खोप नछुटाएर लगाएपछि जिल्ला खोप समन्वय समितिको सिफारिस गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा प्रावधान रहेको छ ।
यही प्रावधान अनुसार सवै मापदण्ड पुरा भएपछि १० गाविसलाई पुर्णखोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जीसीले बताउनु भयो ।
पैक, जगतीपुर, साल्मा, दशेरा, अर्छानी, लहँ, ढिमे, झाप्रा, टालेगाउ र सुवानाउली गाविसका २ हजार ७ सय १२ वालवालिकालाई १० ओटै खोप लगाएको उहाँले जानकारी दिनुभयो ।
रग्दा, भगवती, कार्कीगाउ, डाडागाउ, सक्ला, रामीडाडा, भुर लगाएतका १० गाविसलाई पनि चाडै खोपयुक्त गाविस घोषणा गरिने वताएको छ ।
जाजरकोटकम १२ देखि २३ महिना उमेरका ७ हजार ८ सय ८० बालबालीका रहेका छन । २०७५ सालसम्म पूर्ण खोपयूक्त जिल्ला घोषणा गर्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः ३ श्रावण २०७३, सोमबार ११:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *