जाजरकोटमा भाइरलका बिरामी बढे

IMG_4816बद्री पन्त
जाजरकोट १६, साउन
जाजरकोटमा भइरल ज्वरोवाट सर्वसाधारण विरामी पर्न थालेका छन । एकसातादेखि फैलिएको ज्वरोले अधिकांश गाउँका बासिन्दा बिरामी भएका छन् ।
स्वास्थ्य संस्थामा भmाडापखाला, आउँ, रुघाखोकी, टाइपmाइड, निमोनियाँका विरामी बढेका छन ।
बिरामीमा घाँटी दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने रोगको लक्षण देखा परेको छ ।
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, उप स्वास्थ्य चौकी लगाएतका स्वास्थ्य संस्थामा भाइरलका बिरामी आउने गरेका जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालमा दैनिक डेढ सयसम्म बिरामी आउने गरेका छन् ।
मौषम परिवर्तनका कारण भाइरल ज्वरो पmैलिएको र खानपिनमा उचित ध्यान दिन डा. निसराज बस्नेतले स्थानीयलाई सुझाव दिनु भएको छ ।
भाइरल ज्वरोबाट साना बालवालिका देखि बृद्धबृद्धाहरु बढी प्रभावित बनेको डा. बस्नेतले बताउनु भयो ।

प्रकाशित मितिः १६ श्रावण २०७३, आईतवार ०५:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *