सल्यान, २४ साउन ।
सल्यान जिल्लामा भाइरल ज्वरोका बिरामी वढेका छन ।
असारको अन्तिम साताबाट सुरु भएको भाइरल ज्वरोका कारण सरकारी तथा नीजि स्वास्थ्य सघसंस्थामा विरामीको भिड लागेको छ ।
जिल्ला अस्पतालको ओपिडीमा विगतमा ६०÷७० जना विरामी आउनेमा अहिले डढेसय जना विरामी आउने गरेको डा. मनिषा रावलले वताउनु भयो ।
उहाँले रुघाखोकी, ज्वरो, झाडापखाला, टाइडफाइटका विरामीको चाप पनि बढेको उल्लेख गर्नुभयो ।
भाइरल ज्वरोका विरामी वढेपछि १५ शैयाको अस्पतालमा अहिले ३३ जनासम्म राखेर उपचार गर्नु परेको अर्का डाक्टर नजिर खानले जानकारी दिनुभयो ।
उहाँले भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि खान सुझाव दिनु भएको छ ।