गाउँभरी भाइरल ज्वरो, सिनियर अहेव टंकप्रसाद पंगाली २ महिनादेखि वेपत्ता

सुर्खेत, २७ साउन ।
गाउँले मौसमी ज्वरोवाटका विरामी सुर्खेतको काफलकोट र रानीवास गाविसमा मौसमी ज्वरोले गर्दा गाउँलेहरु विरामी परेका छन ।
मौसमी ज्वरोले गाउँलेहरु धमाधम विरामी भएपनि काफलकोट स्वपास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधीको अभाव भएको छ ।
स्वास्थ्य चौकीमा उपचारको लागि दैनिक ४०÷५० जना विरामी आउने गरेपनि स्वास्थ्यकर्मी र औषधी नभएकोले उपचारै नगरी फर्किने गरेको उनीहरुले गुनासो गरेका छन
मौसमी ज्वरोको कारण काफलकोटको वडा न १ देखि ८ सम्म र रानीवास गाविसका वडा न २ र ३ का वासिन्दा वढी विरामी परेको हरिवहादुर सिहले जानकारी दिनुभयो । काफलकोट स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव टंकप्रसाद पंगाली २ महिनादेखि स्वास्थ्य चौकीमा नभएको गाउँलेहरुले जनाएका छन ।
जेठको अन्तिम सातातिर वीरेन्द्रनगर झरेका पंगाली अहिलेसम्म पनि स्वास्थ्य चौकीमा नगएको गाउँलेले गुनासो गरेका छन ।
यस्तै अहेव छोराको उपचारको लागि काठमाडौ र कार्यालय सहयोगी श्रीमतिको उपचारको लागि नेपालगंज गएकोले स्वास्थ्य चौकीमा अहिले करार सेवाकी अनमि पवित्रा कार्की मात्र कार्यरत रहेको वताएको छ ।
गत माघ महिनामा काफलकोट स्वास्थ्य चौकीको इन्चार्ज भएर गएका सिनियर अहेव पंगाली महिनामा १०÷१२ दिनमात्रै स्वास्थ्य चौमा वस्ने गरेको स्थानीयले वताएका छन ।
यता जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका फोकल पर्सन उदय विसीले काफलकोटमा औषधीसहितको स्वास्थ्यकर्मीको टोली पठाउने वताउनु भएको छ ।
यसैवीच जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनताको गुनासो आएपछि स्वास्थ्य चौकीका इन्चार्ज पंगालीलाई स्पस्टीकरण सोधेर कारवाही प्रक्रिया अघि वढाएको जानएको छ ।

प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ११:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *