सुर्खेतमा वन्दैछ, नेपालकै नमुना अस्पताल

20160819_122505-1
नमुना अस्पतालको डिजाइन ।

सुर्खेत, ३ भदौ ।
सुर्खेतमा आधुनिक सुविधा सम्पन्न नेपालकै नमुना अस्पताल निर्माण हुने भएको छ । करिव ७२ करोड रुपैयाको लागतमा आधुुनिक सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको हो ।
अहिलेकै मध्यपश्चिम क्षेत्रीय अस्पतालाई नै नमुना अस्पतालको रुपमा विकास गर्ने उदेश्यले ३ सय ५० वेडको सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो
अहिलेको भवनलाई दुई तला थपेर पूर्णता दिइने भने तीन तले २ वटा नयाँ भवन निर्माण गरिनेछ । पुरानो भवन आसपासमा सहयोगी व्लकहरु वनाइने छ
नयाँ भवनहरु वेस ल्याण्ड सहितको हुनेछन । एउटा तला जमिन मुनी र २ वटा तला जमिन माथी हुने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झंकबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले अस्पतालसम्म पुग्नको लागि दक्षिणतिरवाट ३ सय मिटर लामो र ६ मिटर चौडा पिच सडक निर्माण गरिने र नयाँ भवन लिफ्ट सहितका हुने उल्लेख गर्नुभयो ।
प्रसुती गृह, इमरजेन्र्सी र सीएसएसडी भवन (अप्रेसन गर्ने, उपकरणहरु निर्मालीकरण गर्ने, लुगा धुने, अक्सिजन प्लान्ट राख्ने भवन) नयाँ भवनमा हुनेछ ।
तीन वर्षभित्र निर्माण हुने यो आधुनिक सुविधा सम्पन्न अस्पतालको भवन निर्माणको लागि टेन्डर भैइसकेको छ । यो अस्पताल नेपाल सरकारले आफनै खर्चमा निर्माण गर्न लागेको छ ।
आगामी मंसिर पुष महिनावाट काम थालेर ३६ महिनाभित्र सम्पन्न हुने इन्जिनियर थापाले उल्लेख गर्नुभयो ।
३ तले भवन निर्माण भएपछि अहिले इन्डोरवाटै दिइदै आएको सवै प्रकारका सेवाहरु अलग अलग व्लकवाट दिइने अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले वताउनु भयो ।
नमुना अस्पतालमा फोहर व्यवस्थापनदेखि सरसफाई हुदै सतह ढलको व्यवस्था गरिएको छ । कोठाहरु पनि अत्याधुनिक हुनेछन भने अस्पताल परिसरमा गार्डेन र व्यवस्थित पार्किङ्क हुनेछ ।
वालरोग विभाग, स्त्रीरोग विभाग, नसा तथा हाडजोर्नी, मानसिक रोग विभाग, जनरल लगायतका विभागहरु पनि अलग अलग ब्लकमा हुने सदस्य पौडेलले उल्लेख गर्नुभयो ।
सवै विभागहरु अलग अलग व्लकमा हुने भएकोले विरामीले उपचार सेवा छिटो र छरितो रुपमा पाउने दावी उहाँले गर्नुभयो ।

प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार १२:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *