बद्री पन्त
जाजरकोट ११, भदौ ।
जाजरकोट जिल्लाको नायकवाडा गाविस ८ ताँसीधुमाका ६० बर्षीय बीरे कामी कुष्ठरोगको कारण ६ वर्ष देखि गाउँवाट टाढाको जंगलमा कष्टकर जीवन विताउदै आउनु भएको छ ।
आर्थिक अभाव र रुढीवादी सोचका कारण कामी कुष्ठरोगको उपचारवाट बञ्चित हुदै आएको नायकवाडा स्वास्थ्य चौकीका इन्चार्ज गणेश खड्काले वताउनु भयो
छिमेकीहरु कामीको नजिक जान नै नमान्ने गरेको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले कामी अहिलेसम्म स्वास्थ्य चौकीमा औषधी उपचार गर्न नआएको उल्लेख गर्नुभयो ।
बीरे कामी जस्तै नायकबाडाको अन्य गाउँमा पनि अरु कुष्ठरोगी रहेको स्थानीय गोविन्द सिंहेले बताउनु भयो ।