जाजरकोट अस्पताल प्रमुख बिहिन

बद्री पन्त
जाजरकोट १५, भदौ ।
जिल्ला अस्पताल जाजरकोट अस्ताल प्रमुख बिहिन बनेको छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसी सरुवा भएर अनेत्र गएपछि अस्पताल दुई सातादेखि प्रमुख बिहिन बनेको हो ।
निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवाललाई अस्पतालको सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन । प्रमुख नहुदा अस्पतालको लेखा तथा प्रशासनिक कामकानमा ठप्प भएको अस्पतालका सुचना अधिकारी बिष्णु चुडालीले जानकारी दिए ।

IMG_20160831_104724५० शैयाको अस्पतालमा स्वास्थ्य प्रमुख नहुदा दैनिक कामकाज प्रभावीत बनेको छ । अस्पताल प्रमुख को आउने भन्ने बारेमा कुनै जानकारी नआएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिए ।

प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ११:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *