प्रसुती गृहको भवन ६ बर्षदेखि अलपत्र

IMG_20160831_104526
६ बर्ष देखि निर्माण अलपत्र जिल्ला अस्पता जाजरकोटको प्रसुती केन्द्रको भवन । जहाँ सिसौंका रुख विरुवा उम्रिएका छन । तस्बीर बद्री पन्त ।

बद्री पन्त
जाजरकोट १५, भदौ ।
सरकारले दुर्गम गाउँका जनतालाई भरपोर्दो सरकारी सेवा दिन कुनै पनि कसर बाँकी नराख्ने र सबैलाई समान सेवा पुर्याउँरे बताउदै आएको छ । तर जाजरकोट जिल्ला अस्पतालको प्रसुति कक्षको भवन विगत ६ बर्षदेखि निर्माणको काम अलपत्र परेको छ ।
भवन निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी कामै छोडेर भागेका छन । भवनको काम अलपत्र परेको छ । ठेकेदारले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बिचमै काम छोडेर गएपछि सरकारी लगानी बालुवामा पानी पत्रकार जनक केसीले बताए ।
भवन निर्माणको काम समयमा पुरा नहुदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको छ । जाजरकोटमा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन राम्रो नभएका कारण असुरक्षित रुपमा सुत्केरी हुन महिलाहरुलाई समस्या हुने गरेको छ । भवन अभावमा नियमित रुपमा सुरक्षित सुत्केरी सेवादिन समस्या हुदै आएको अस्पतालका डाक्टर सुनिल पुलले बताए । प्रसुती गराउँन समस्या छ, एउटा कोठा छ, दिनमा ३÷४ जना महिलाहरु सुत्केरी हुन आए भने राख्ने ठाउँ हुदैन, उनले भने । ठेकेदारले भवन निर्माणको काम नगर्दा सेवा दिन कठिन भई रहेको छ, उनले भने ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक बर्ष २०६८÷०६९ मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रा. लि कोठेश्वर (३५) काठमाडौंले लिएको थियो । २०६८÷१२÷२६ मा सम्झौता भैइ २०७०÷८÷२९ मा निर्माण कार्य सम्पन्त गर्नु पर्ने बताइएको छ । निर्माण कार्यको सम्पूण जिम्मेवारी लिएको निर्माण व्यवसायीको भरम लापरवाहीका कारण भवन निर्माणको काम ६ वर्Èदेखि अलपत्र परेको छ । भवनको डिपिसी मात्र गरेर निर्माण व्यवसायीले काम छोडेर भागेका हुन । दारकाठ कुहेर गएका छन । काम अलपत्र छ, भवनमा सिसौंका रुख विरुवा उम्रीएर ठुला भएका छन् । यस्तो लापरबाही हुदा समेत जिम्मेवार निकाय बेखबर भैइ दिदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताए ।
१ करोड १६ लाख ८५ हजार ठेक्काको भवन निर्माणको काम निर्माण व्यवसायीले घटेर ७४ लाख ६६ हजारमा लिएका थिए । निर्माण व्यवसायीले अहिलेसम्म १२ लाख ६६ हजार रकम पेश्की भुत्तानी लगी सकेका छन् । बढी लागतको काम घटेर लिने र समयमा काम पुरा नगर्दा भवन निर्माणको काम अलपत्र पर्ने गरेको छ शाहले भने ।
व्यवसायीलाई पटक पटक ताकेता गरीएको छ । पत्र पत्रिकामा सुचना जारी गरेर सम्पर्कमा आउन भनिएको छ, सम्पर्क विहिन हुदा भवन निर्माणको काम अलपत्र परेको र काम नगर्ने व्यवसायीलाई कालो सुचिमा राख्ने प्रक्रीया अघि बढाउने तयारी भैइ रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर झंक बहादुर थापाले जानकारी दिए ।
लामो समय देखि काम नगरेर भवन अलपत्र बनाउने कोही पनि निर्माण व्यवसायीलाई सरकारले कुनै कारवाहिको प्रक्रिया अघि नबढाउदा उन्मुक्ति पाउने गरेका छन् । सम्वन्धित निकायले गलत गर्नेहरुलाई कारवाहि गर्न नसकेका कारण कराडौंको वजेट अलपत्र परेको छ । गाउ“मा सुरÔित रुपमा प्रसुती सेवा दिनका लागि सरकारले ठुलो रकममा भवन निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकायले वास्ता नगर्दा समस्या परेको हो ।
निर्माणको जिम्मा लिएका व्यवसायीलाई आफ्नो लाइसेन्स नै नवीकरण नगर्ने, कामको जिम्मा आफुले नगरेर अर्काे व्यतmीलाई दिने गरेका कारण भवन निर्माणको काम अलपत्र परेको, ईन्जिनियर थापाले बताए ।
गतिलो व्यवस्थापन नभएका कारण जिल्लाका दुर्गमका मात्र होइन जिल्ला अस्पतालमा समेत सामान्य थोरै जटिल अवस्थाका सुत्केरीहरु र विरामीहरुको उपचार हुन नसक्ने र उनीहरुलाई जिल्ला वाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको निमित्त अस्पताल प्रमुख डाक्टर चादनी जैसवालले बताइन ।

प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार ११:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *