जनता डोकामा, नेता एयर एम्वुलेन्समा

बद्री पन्त
जाजरकोट १७, भदौ ।
जाजरकोट डोल्पा सडकको मनमई–तल्लुबगर खण्डको यातायात बन्द हु“दा यात्रुलाई सास्ती भएको छ । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि दुई साता देखि उक्त सडकको यातायात सेवा बन्द गरेको छ । बन्दका कारण यात्रुलाई सास्ती भएको छ भने उनीहरु २÷३ दिन पैदल हिडेर गन्तब्यमा पुग्न बाध्य छन् ।
IMG_3242सडकमा यातयात नचल्दा बृद्धबृद्धा, महिला, बालबालिका, विरामी र भरीयालाई थप सास्ती भएको भगवती ६, का तेजबहादुर शाहीले बताउनु भयो । रुटपरमिट नपाएका सडकको गाडी भाडा महङ्गो भएपनि सबैलाई सहज नै भएको थियो । प्रहरीको यातायात संचालनमा रोक लगाउने निर्णयले यात्रुलाई मर्कामा पारेको छ, शाहीको भनाइ छ । विरामी परेर थलापरेका पैंक २, थानबाराका ६२ बर्षिय कल्दर कसेरालाई ३ दिन पैदल डोकोमा बोकेर खलंगा ल्याइएको छ । खलंगा पाँचकाटीया सडक बन्द भएपछि विरामीलाई सास्ती भएको पैंक २ का जनक कसेराले बताउनु भयो ।
विरामीको आफन्त गावित्यस्तै उक्त सडकको यातायात बन्दले डोल्पाका बासिन्दालाई पनि सास्ती भएको छ । रग्दा, भगवती, रुकुमका खदी र डोल्पाका बासिन्दा ३ दिन पैदल हिंडेर गाडी भेट्न वाध्य छन् । यातायात बन्द भएपछि स्थानीय आक्रोसित भएका छन् । तत्काल जीप सेवा संचालनको ब्यबस्था मिलाउन प्रशासनसंग माग गरेका छन ।
यातायात सेवा बन्द भएपछि खाद्यन्न लगाएत दैनिक उपभोग्य बस्तु तथा निर्माण सामाग्रीको ढुवानीमा पनि समस्या भएको छ । मापदण्ड विपरित भएपनि जाजरकोट —डोल्पा सडकको ५६ किलोमीर दुरीमा संचालनमा आएको जीप सेवाले डोल्पाबासीको विगतको कष्टपुर्ण पैदल यात्रालाई सहज बनाएको थियो । प्रशासनले गरेको यातायात बन्दले जाजरकोटबासीलाई भन्दा डोल्पालीलाई बढी सास्ती भएको छ । दशैं पर्व नजिकै आउन लागेको अवस्थामा भएको यातायात बन्दले निकै समस्यामा पारेको भेरीगंगा यातायात व्यवसायी संघका अध्यक्ष नवराज सिंहले बताउनु भएको छ ।
जीव संचालन हुन नदिए पछि डोल्पा र जाजरकोटका हजारौं यात्रु पैदल हिडेरै सुर्खेत, नेपालगञ्ज, काठमान्डौ लगाएतका शहर तर्फ जानका लागि खलंगामा गाडी भेट्न वाध्य छन् । यस सडक खण्डमा भेरी गंगा ब्यबशायी समिति, सिस्ने हिमाल ब्यबशायी समिति र रुकुम प्रालिका ३ दर्जन जीप र दर्जन बढी ट्याक्टर संचालनमा रहेका थिए । ती ब्यबशायीले ५६ किलोमीटर दुरीको उक्त खण्डमा १ हजार ४ सय भाडा अशुल्दै आएका थिए ।
निर्माणको जिम्मा लिएको कम्पनीले कार्य सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेपछि मात्र उक्त सडकमा रुटपरमिट दिने ब्यवस्था छ । डोल्पा जाजरकोट सडकमा भने सेनाले निर्माण सम्पन्न गरेको छैन । रुटपरमीट नभएका सडकमा यातायात संचालन गर्न नदिने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै यहाँका सडकको दुराबस्था कम्जोर तथा जीर्ण रहेकाले सडक खण्डमा यातायात संचालन रोक लगाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
IMG_5615जिल्लाका सडक जिविस जाजरकोट र सडक डिभिजन चौरजहारी रुकुमबाट मर्मत गरेपछि मात्र दशैपछि यातायात सन्चालनमा आउने गर्छन । मौषमी सडकको अवस्था नाजुक रहेका कारण यातायात सन्चालनमा जोखिम रहेको छ । विहिबार तदर्थ यातायात व्यवस्थापन समितिको बैठक बसेर रुटपरमिट नभएका सडकमा गाडि चलाउलाई योग्यो छ छैन भनेर जिल्ला प्राविधिक कार्यालयका इन्जीनियर बालकृष्ण खनाल संयोजगत्वमा प्राविधि समिति गठन गरिएको छ । सो समितिले सडकको अवस्था तथा गाडिको अवस्था ठिक छ छैन भनेर प्रतिवेदन पेश गरेपछि मात्र हेरफेर हुन सक्ने प्रजिअ गौतमले बताउनु भयो ।
जोखिमपुर्ण सडकमा पनि १० जनाको क्षमता भएको एउटै जीपमा ३०÷४० यात्रु कोचेर लिने गरेको, मनामानी लगाएत कारणले यातायात संचालनमा रोक लगाउनु परेको हो । विभागको अस्थायी अनुमती समेत नभएको उक्त कच्ची सडकमा ब्यबशायीले ५ बर्ष देखि यातायातका साधन संचालन गरेर मनपरी भाडा अशुल्दै आएका थिए ।

प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १२:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *