उपचार अभावमा, ज्यान गुमाउन बाध्य छन सुत्केरीहरू

IMG_3029
भेरीमालिका नगरपालिका २ की एक सुत्केरीलाई उपचारका लागि अस्पताल तर्फ लैजा“दै ।

बद्री पन्त
जाजरकोट २१, भदौ
गत साउन ३० गते नायकबाडा २, जिरीकी ३५ बर्षिय बसन्ता कामीलाई सुत्केरी ब्यथाले च्याप्यो । उनी प्रसव पिडाले छटपटिइन । उनलाई स्वास्थ्य संस्था लग्नुको साटो उल्टै धामी झा“क्रीसंग झारफुक गरियो । विरामले चापदै गयो उच्च रक्तस्रावका कारण उनको मृत्यु भयोे । सुत्केरी ब्यथाबाट पिडित कामीको समयमा उपचार नपाउ“दा ज्यान गयो । कामीको ७ महिना आडिनै बच्चा जन्मेको थियो ।
सुत्केरी भएको ४ घण्टासम्मको लगातारको रक्तस्रावबाट उनको ज्यान गएको नायकबाडा स्वास्थ्य चौकीका इन्र्चाज गणेश बहादुर खड्काले बताए । चार घण्टासम्म रगत बग्दा समेत स्वास्थ्य संस्थामा नल्याउदा कामीको ज्यान गएको उनले बताए । रक्तस्राव रोक्न उल्टै धामी झा“क्रीसंग झारफुक गर्न लाग्दा ब्यथाले झन चापेको रहेछ, उनले भने । जिरीबाट स्वास्थ्य संस्था पुग्न ३ घण्टा लाग्छ ।
यसैगरी रग्दा ४, रावतगाउकी २८ बर्षीय मनकुमारी बोहराको पनि उच्च रक्तश्रावका कारण ज्यान गयो । बोहरालाई सुत्केरी ब्यथाले च्यापेपछि थप उपचारका लागि रुकुमको चौरजहारी अस्पताल तर्फ लैजा“दै गर्दा बाटोमै मृत्यु भएको स्थानीय गोपाल बानियाले बताए । रुकुमको गोतामकोट ९ घर भै रग्दा ४, रावतगाउ स्थित माइतीघरमा बस्दै आएकी बोहरालाई चौखा स्थास्थ्य चौकीले थप उपचारका चौरजहारी अस्पतालमा रिफर गरेको उनले बताए ।
सुत्केरी व्यथाले छट्पटाएकी बोहरलाई रावतगाउबाट चौखा स्थित स्वास्थ्य संस्था परयाउन नै ४ घण्टा लागेको उनले बताए । ब्यथाले च्यापेपछि बोहरालार्ई स्वास्थ्य चौकी चौखामा उपचारका लागि लगिएको थियो । चौखामा उपचार संभव नभएपछि स्टेचरमा बोकेर रुकुमको चौरजहारी मिसन अस्पतालमा लिने क्रममा रगत धेरै बगेर उनको मृत्यु भएको होे, उनले भने ।
त्यस्तै तीन दिन अघि पजारु ३ की १९ वर्षिय रमिता बुढाको पनि उच्च रक्तस्रावका कारण नै ज्यान गएको थियोे । ५ महिनाको गर्भ तुहिएपछि भएको रक्तस्राव नरोकिंदा बुढाको ज्यान गएको थियोे । महिना नपुग्दै अकस्मात ब्यथा लागेर घरमै गर्भ तुहिएको थियो । रक्तस्राव धेरै भएपछि पजारुको सेराखरे स्वास्थ्य चौकीमा उपचारको लागि पुर्याएको तर उक्त स्वास्थ्य संस्थामा उपचार नभएपछि थप उपचारका लागि नेपालगंज लैजादै गर्दा साल्माको खारा खोलामा मृत्यु भएको श्रीमान खुमबहादुरले बताए । रक्तस्राव रोक्ने कुनै उपाय नै भएन । लगातारको रक्तस्रावले शरीरमा रगत सकिएपछि बाटोमै मृत्यु भएको उनले बताए ।
बसन्ता, रमिता र मनकुमारी मात्र हैन जिल्लामा सुत्केरी ब्यथाबाट ज्यान फाल्नेको संख्या बढ्दो छ । यस साता मात्र दुर्गम गाउमा उपचार अभावमा ज्यान गुमाउने सुत्केरीको संख्या ३ पुगेको छ । पोषण, सुरक्षित मातृत्व लगाएत क्षेत्रमा काम गर्ने संघ संस्था दर्जन छन् । तर बर्षेनी सुत्केरी ब्यथाबाट ज्यान जाने क्रम रोकिन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा भने सुत्केरीका कारण मृत्यु भएकाको तथ्यांक समेत फेला पार्न सकिएको छैन । कतिले त सुत्केरी अवस्थामा मृत्यु भएको खुलासा नगर्दा पनि संख्या एकीन हुन नसकेको नायकबाडा ६ का गोविन्द सिंहले जनाए ।
जाजरकोट स्वास्थ्य संस्थामा रक्तस्राव रोक्ने सेवा नहु“दा सुत्केरीले अकालैमा ज्यान गुमाउनु परेको हो । अधिकांशको अत्याधिक रक्तस्रावका कारण मृत्यु हुने गरेको छ । जन चेतनाको अभाव, गर्व जा“च तथा सेवा लिन स्वास्थ्य संस्थामा नआउने, परम्परागत तवरले घरमै सुत्केरी गराउने, धामी झाक्रीको भर पर्ने रुढीबादी, पोषणमा ध्यान नदिने, बढी तौलको भारी बोक्ने, कम उम्मेरमा विहे गर्ने, धेरै सन्तान जन्माउने लगाएत प्रचलनले सुत्केरीको अकालमा ज्यान जाने गरेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साकी अनमी कल्पना रोकायले बताइन् । एकै पटक ब्यथाले च्यापेपछि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा आउने गर्छन्, रोकायले भनीन् ।

प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०१:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *