मेडिकल कलेजको लागि अझै जग्गा फेला परेन

सुर्खेत, २७ भदौ ।
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा खोजी सुरु भएको एक महिना वितेपनि अझै उपयुक्त जग्गा फेला पर्न सकेको छैन ।
आवश्यक पूर्वाधारको खोजी गरी सिफारिस गर्न शिक्षा मन्त्रालयले परिपत्र गरिसकेको भएपनि अझै जग्गा सिफारिस गर्न सकिएको छैन ।
माओवादी केन्द्र सुर्खेतका नेता जीतबहादुर रानाको संयोजकत्वमा समिति गठन गरिएको समितिले सरोकारवालासँग सर्वपक्षीय छलफल गरी जग्गाको खोजी अभियान थालेको थियो ।
rara-300x95दुई महिनाभित्र जग्गाको पहिचान गरी सिफारिस गर्ने समितिले जनाए पनि जग्गा खोजी कार्यमा ढिलाई भएको सरोकारवालाले बताएका छन् ।
कलेजका लागि कम्तिमा पनि १० बिघा जग्गा आवश्यक पर्ने देखिएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो ।
मेडिकल कलेज स्थापनार्थ आवश्यक जग्गा र स्थान छनौट गर्ने अधिकार समितिलाई दिइएको भएपनि जग्गा नपाउदा समस्या भएको छ ।
समितिको सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी दीपा हमाल, सदस्यमा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा र अधिवक्ता कृष्णबहादुर हमाल रहनु भएको छ ।

प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार ०८:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *