क्षेत्रीय अस्पतालको बदलिदो स्वरुपबारे सुपरिटेन्डेन्ट डा. डम्बर खड्का के भन्छन हेरौ भिडियोसहित ।

प्रकाश पन्त
सुर्खेत, ३० भदौ ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले आगामी कार्तिक १ गतेबाट विस्तारित अस्पताल सेवा (इएचएस) संचालन गर्न लागेको जनाएको छ ।
विरामीको सुविधालाई ध्यानमा राखेर अस्पतालले पहिलो पटक अतिरिक्त शुल्क लिएर इएचएस सेवा संचालन गर्न लागेको हो ।
अहिले दिउँसो ३ बजेसम्म दिदै आएको ओपिडी सेवा अब आवश्यकता अनुसार साँझ ७ बजेसम्म पनि संचालन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले बताउनु भयो ।
क्षेत्रीय अस्पतालले गरेको पत्रकार सम्मेलनमा ३ बजेपछि उपचारको लागि आउने बिरामीवाट थप शुल्क लिएर बिस्तारित सेवा दिने उहाँले जानकारी दिनुभयो ।

अहिले दिउँसो १२ बजेसम्म विरामीको नाम लेखेर ३ बजेसम्म उपचार गरिदै आएकोमा अब जतिबेला पनि नाम लेखेर उपचार गर्न सकिने भएको छ ।
ल्याबमा ५० प्रतिशत, अप्रेसनमा सत प्रतिशत, नाम लेख्दा ५० प्रतिशत थप शुल्क लिएर विस्तारित अस्पताल सेवा दिइने सुपरिटेन्डेन्ट डा. खड्काले उल्लेख गर्नुभयो ।

यस्तै बिरामीको अवस्था र डाक्टरको तह अनुसार अतिरिक्त शुल्क लिइने छ ।
जुनियर डाक्टरको लागि १ सय ५०, सेकेन्ड क्लासको लागि २ सय र सिनियर डाक्टरसगँ चेकजाच गर्दा विरामीले २ सय ५० थप शुल्क तिर्नु पर्छ ।
३ बजेपछि अस्पतालमा कार्यरत डाक्टरहरुले आलोपालो आर्फत ओपिडी देखि अप्रेसन, ल्याब, एक्सरे लगायतका सेवाहरु दिने बताएको छ ।
यसैबीच मध्यपश्चिम क्षेत्रीय अस्पतालले बलात्कार परेका र हिंसा पीडित महिलाको चेकजाँचमा लिदै आएको सेवा शुल्क अबदेखि नलिने जनाएको छ ।
यस्तै १२ हप्तासम्मको गर्भपतन, पाठेघर खसेका महिलाको उपचार, परिवार नियोजन,२८ दिनसम्मको बच्चाको उपचार, एचआइभी परिक्षण, मलेरिया, खकार जाच लगायतका सेवा निशुल्क दिदै आएको छ ।

पत्रकारसम्मेलनमा अस्पताल बिकास समितिका अध्यक्ष खम्बप्रसाद थानीले मध्यपश्चिम क्षेत्रीय अस्पतालले बिस्तारै क्षेत्रीय अस्पतालको रुप धारण गर्न थालेको बताउनु भयो ।

उहाँले बिगतको तुलनामा अहिले अस्पतालको अवस्थामा सुधार आउनुको साथै सेवा प्रवाहमा पनि भिन्नता आएको गर्नुभयो ।
महिनादिन भित्रै आइसीयू सेवा पनि संचालन
यस्तै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा महिनादिन भित्रै आइसीयू सेवा संचालन हुने भएको छ ।
क्षेत्रीय अस्पताल स्थापनाको १० वर्षपछि अस्पतालले आइसीयु सेवा संचालन गर्न लागेको हो ।

आइसीयू सेवा संचालनको लागि नीतिगत निर्णय र बजेट माग गरी स्वास्थ्य मन्त्रालय पठाइएको अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले बताउनु भयो ।

एक महिनाभित्रै क्षेत्रीय अस्पतालमा सेमी आइसीयु सेवा संचालन हुने भन्दै उहाँले अव जटिल अवस्थाका विरामीले उपचारको लागि वाहिर जानु नपर्ने उल्लेख गर्नुभयो ।
आइसीयू सेवा नहुदा अहिले जटिल अवस्थाका विरामीलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले बाहिर रिफर गदै आएको छ ।
अहिले एउटा म्यान्टिलेसन अस्पतालमै रहेको छ भने अर्को नयाँ ल्याउन वित्तिकै २ जनालाई कृतिम स्वासप्रस्वास दिएर बचाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले बताउनु भयो ।
अहिले अस्पतालमा रहेको भ्यान्टिलेसन प्रयोगमा आएको छैन नयाँ आउन वित्तिकै आउँदो कार्तिक १ गतेबाट सेमी आइसीयू सेवा संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।

आइसीयू सेवा संचालनपछि क्षेत्रीय अस्पतालमा आउने जटिल अवस्थाका विरामीहरु नेपालगंज, लखनउ जस्ता ठाउँमा जानु पर्ने वाध्यतावाट मुक्त हुने भएका छन ।

आइसीयू सेवा संचालनको लागि विगतमा पटक पटक आग्रह गरिएपनि स्थापना हुन सकेको थिएन ।

प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १२:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *