परिवार नियोजन सेवा लिने घटे

585362237contraceptives-methodsजाजरकोट, ३ असाेज ।
जाजरकाेटमा स्वास्थ्य संस्थाबाट परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेको छ ।
लगातारको बसाइ सराइ र वैदेशिक रोजगारीका कारण अघिल्लो सालभन्दा यो सालमा एक तिहाइले परिवार नियोजन सेवा लिनेको सङ्ख्या घटेकोे हुन सक्ने बताइएको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा पिल्स चक्की एक हजार ५११, डिपो सुई तीन हजार ४६१, आयुसिडी २४७, इम्पलान्ट ८२२ र भेक्सिटोमी १४८जनाले सेवा लिएका थिए भने आव २०७२÷७३ मा पिल्स एक हजार ७१, डिपो दुई हजार ६४६, भेक्सिटोमी ७०, इमप्लान्ट ५६९ र आइयुसिडी ३५ जनाले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क प्रमुख प्रचण्ड कार्कीले जानकारी दिए ।
जिल्लाका २६ गाविस र एक नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्थाबाट उपलब्ध गराइएको सेवा केलाउँदा यो सेवा लिनेको संख्या घटेको पाइएको हो ।
प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०७:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *